Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन

    काठमाडौँ/निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन पत्र पेस गर्दा उम्मेदवारी दिने राजनीतिक दलले महिला…

    Read More
  • मुख्य पृष्ठ

    नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छः परराष्ट्रमन्त्री

    काठमाडौँ/परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडियाद्वारा आज यहाँ आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उहाँले यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको उल्लेख गर्नुभयो । परराष्ट्रमन्त्री डा…

    Read More
  • भ्रमणका लागि निस्किएका विदेशी पर्यटकले मन्थलीका होटल भरिभराउ

    मन्थली,(रामेछाप)/शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ तर मौसम सधैँ एकनास हुँदैन । लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ । यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल…

    Read More
  • मुख्य पृष्ठ

    सिङ्गो गाउँ नै तरकारीखेतीमाः वार्षिक भित्रिन्छ ८० लाख

    ढोरपाटन (बागलुङ)/बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । सुरुमा गाउँका अगुवा…

    Read More
  • वर्तमान संविधान र लोकतान्त्रिक प्रणालीमा ‘कम्प्रोमाइज’ हुँदैन,‘कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ’

    काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ । ६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निश्चित अवधिपछि वर्तमान सरकार आफैँ फेरिने स्पष्ट पार्नुभयो ।   “अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने…

    Read More
  • अपराध/दुर्घटना

    रसियामा बेपत्ता भएका आफन्तको पीडा: फोनको घण्टि बज्नासाथ झस्कन्छु

    गण्डकी/रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन् । घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उहाँको सिङ्गो परिवार समस्यामा परेको छ । घरकै मुख्य संरक्षक सम्पर्कविहीन भएपछि पुख्र्यौली स्थान छोडेर पाँचजनाको परिवार पोखरा–१६ बाटुलेचौरमा कोठा भाडा लिएर बस्दै आएको छ । जुनसुकै समयमा फोनको घण्टी बझ्दा पनि श्रीमान्कै फोन…

    Read More
  • अपराध/दुर्घटना

    दशैंको दिन आफ्नो कारले ठक्कर दिएपछि घाइतेलाई अस्पताल पुर्‍याए, गम्भीर देखेपछि भागे निरज

    काठमाडौँ/सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोल मा लुकेर बसेको अवस्थामा सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई…

    Read More
  • मुख्य समाचार

    वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय बनाइने

    धनुषा/नयाँ रेल आएपछि नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ । जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जासहितको सङ्ग्रहालय बनाउन पहल गरिने भएको छ । नेपालको एक मात्र नेपाल रेल्वे कम्पनीसँग विश्वमा लोप भएका कतिपय महत्वपूर्ण एवं…

    Read More
  • मुख्य समाचार

    बोटमा लटरम्म सुन्तला, रोग लागेपछि किसान चिन्तित

    तनहुँ/देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो । सुन्तला बगैँचा लगाउनुभएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताउनुभयो । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले…

    Read More
  • मुख्य पृष्ठ

    यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

    काठमाडौँ/आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते…

    Read More