Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैनः शिक्षा मन्त्रालय

    काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबीबीएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि शाहलाई नियम विपरीत कोटा दिइएको भन्दै विरोध भएको थियो…

    Read More
  • चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

    ह्युस्टन/आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्‍याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा हुने अवतरण) सँगै सम्पन्न भएको छ । अत्यन्त जोखिमपूर्ण पुनःप्रवेश पार गर्दै अन्तरिक्ष यात्रीहरूले केवल सुरक्षित अवतरण मात्र गरेनन्, मानव अन्वेषणको नयाँ अध्याय सुरु गर्ने मार्ग पनि तयार पारे । करिब १० दिन लामो यस अभियानले…

    Read More
  • तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

    दोधारा चाँदनी,(कञ्चनपुर)/तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो । उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारीपत्रमा…

    Read More
  • चितवनका स्पा सेन्टरमा प्रहरीको छापा

    चितवन/चितवनको भरतपुर र नारायणगढ बजार क्षेत्रमा संचालित केही स्पा सेन्टरमा प्रहरीले छापा हानेको छ । आज (बुधबार) अपरान्ह जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक जहरलाल स्याङतनको कमान्डमा खटिएको १० जना प्रहरी टोलीले एक महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले स्पा तथा मसाज सेन्टरहरूमा अनुमतिबिना (दर्ता नगरी) सञ्चालन गरिएको, कोठामा क्यूआर कोड…

    Read More
  • अन्तर्राष्ट्रिय

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    काठमाडौँ/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम र होर्मुज ‘सुरक्षित मार्ग’ उपलब्ध गराउने सहमति भएको छ । होर्मुजबाट व्यापारिक जहाजलाई निर्वाध रूपमा आवतजावत गर्न दिने सर्तमा ट्रम्पले दुई साताको युद्धविराम प्रस्ताव स्वीकार गरेको बिबिसीले जनाएको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानविरुद्धका आक्रमणहरू रोकिएमा आफूहरू पनि लडाइँ…

    Read More
  • आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

    काठमाडौं/आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडोयाम ( कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म ) भने कार्यालय समय…

    Read More
  • महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन् : शोभा पाठक

    काठमाडौं/शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन् । सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानुनी दायरबाट पक्राउ गर्ने बताइन् । उनले कठालो समातेर माइती घरमा घिसार्दै…

    Read More
  • एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने

    काठमाडौं/नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनको अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै…

    Read More
  • परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

    काठमाडौँ/नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ ।मन्त्रालयमा आज पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको परराष्ट्र नीति संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको बताउनुभयो । “सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीति परिवर्तन हुँदैन”, मन्त्री खनालले भन्नुभयो, “यो नेपालको सार्वभौमिकता,…

    Read More
  • अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

    चितवन/अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बङ्गुर मरेका हुन् । भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको पशु सेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अफ्रिकन स्वाइन फिभर घरपालुवा…

    Read More