| 
  • अपराध/दुर्घटना

    कात्तिक महिनामा साँढे २ सय मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना: इन्सेक

    काठमाण्डौं/साँढे २ सय व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनाबाट पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । कात्तिक महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना पिडित भएका जनाएको हो । बागमती प्रदेशमा १ सय ३४,…

    Read More
  • अपराध/दुर्घटना

    कुटपिटबाट डोटीमा एक जनाको मृत्यु, एकजना पक्राउ

    डोटी/कुटपिटबाट डोटीमा एक जनाको मृत्यु भएको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा कुटपिटबाट ४९ वर्षीय धनबहादुर मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो । मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते हुनुभएको थियो…

    Read More
  • अपराध/दुर्घटना

    शौचालय जाँदा लडेर वडाध्यक्षको ज्यान गयो

    बुटवल/बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर न्यान गएको छ । आज सोमबार लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ । अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले…

    Read More
  • अपराध/दुर्घटना

    जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

    मेलम्ची/बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीमा हेलम्बु यातायातको बसको ठक्करबाट नुवाकोटका बासु बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। मेलम्चीबाट जन्ती बोकेर काठमाडौंतर्फ आउँदै गरेको बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनापछि स्थानीयले बसमा तोडफोडसमेत गरेका छन्। दुर्घटनापछि बसका चालक फरार…

    Read More
  • अपराध/दुर्घटना

    चितुवाको छालासहित सुर्खेतबाट चारजना पक्राउ

    सुर्खेत,मंसिर ६/रासस बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा बस दुर्घटनाः २९ जना घाइते

    लमही/दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा डोजर पल्टिँदा एक जनाको मृत्यु

    दाङ/दाङमा आज बिहान डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोजर पल्टिँदा चालक दाङ‍ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको हो। यस्तै डोजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते हुनुभएको हो । बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १ क…

    Read More
  • अपराध/दुर्घटना

    श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमानसहित एकै परिवारका ६ जनाको दुर्घटनामा मृत्यु

    विहार/भारतको बिहारका लखिसरायमा श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमानसहित एकै परिवारका ६ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । उक्त दुर्घटनामा चारजना गम्भीर रुपमा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने ६ जना बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका नातेदार रहेका छन् । प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम…

    Read More
  • अपराध/दुर्घटना

    मुगुको सदरमुकाममा आगलागी हुँदा २१ वटा घर जलेर नष्ट

    मुगु/मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी हुँदा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । । गमगढीमा राति साढे १२ बजेदेखि लागेको आगो अहिले फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ। अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको…

    Read More
  • अपराध/दुर्घटना

    हत्यापछि सेफ्टी ट्याङ्कीमा शव, घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ

    झापा/झापाको गौरादह ५ चप्रमारीमा एक व्यक्तिको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा फालिएको अवस्थामा फेला परेको छ ।  ४६ वर्षीय मबेसीर हुसेन मियाको शव सोही ठाउँका मोहम्मद सद्दामको घरको  सेफ्टी ट्याङ्कीमा भेटिएको हो । घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय मोहम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६…

    Read More