| 
  • अपराध/दुर्घटना

    भ्रष्टाचार गरेको भन्दै मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा दायर

    काठमाण्डौं/खोलाबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्ने क्रममा भ्रष्टाचार गरेको भन्दै कैलालीको मोहन्याल गाउँपालिकाका पूर्व अध्यक्ष स्वर्गीय नवलसिंह रावतसहित १४ जना व्यक्ति र एक ठेकेदार कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार दायर गरेको रिटमा मोहन्याल गाउँपालिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावतसहित १४ जना पदाधिकारी र कर्मचारीले न्यू बडिमालिका…

    Read More
  • अपराध/दुर्घटना

    छात्रालाई यौन दुर्व्यहा गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    खोटाङ/खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो । आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका थिए…

    Read More
  • अपराध/दुर्घटना

    श्रीमानको हत्या गरेर प्रहरीमा आत्मसर्मपण

    धनगढी/घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेर प्रहरीमा आत्मसर्मपण गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेर ‘सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् उपस्थित भएपछि घटनाबारे थाहा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब…

    Read More
  • अपराध/दुर्घटना

    भक्तपुरको विस्का जात्रामा ढुंगामुढाः २० जनाभन्दा बढी घाइते

    भक्तपुर/भक्तपुरको विस्का जात्रामा भैरबनाथको रथ तान्ने क्रममा क्रममा ढुंगामुढा हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । आइतबार राति जात्राको क्रममा राति पौनो नौ बजेदेखि ढुंगामुढासमेत भएको थियो । ढुंगामुढापछि २० जनाभन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६ जना टाँका लगाउनुपर्ने बिरामी आएको अस्पतालले जनाएको छ…

    Read More
  • अपराध/दुर्घटना

    मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

    धनुषा/भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित पक्राउ गरेको छ । आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले आज बिहान जनकपुरधाम भानु चोकमा रहेको एक चिया पसलबाट घुसबापत सेवाग्रहीसँग लिएको पाँच लाख रुपैयाँसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख…

    Read More
  • अपराध/दुर्घटना

    भीमबहादुर विकको हत्या आरोप लागेका श्रेष्ठलाई ६ महिना कैद, बस्नेतले पाए सफाइ

    चितवन/भीमबहादुर विकको हत्या आरोप लागेका दुई आरोपितबारे चितवन अदालतले शुक्रबार फैसला सुनाएको छ । न्यायाधीश गायत्री रेग्मीको इजलासले गरेको फैसलाअनुसार आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको छ भने अर्का आरोपित सीताराम बस्नेतले सफाइ पाएकोअदालतका सूचना अधिकारी श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए । आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा अन्ततः अदालतले भवितव्य ज्यानमा मुद्दा परिणत…

    Read More
  • अपराध/दुर्घटना

    अज्ञात समुहले चलाएको गोली लागेर एक भारतीय युवकको मृत्य

    काठमाण्डौ/अज्ञात समुहले चलएको गोली लागेर सर्लाहीको सदरमुकाम मलङ्गवामा एक भारतीय युवकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–८ मा हिजो बेलुका पहिचान नखुलेको समूहले गोली चलाउँदा भारत विसनपुर आधार पञ्चायत घर भएका इन्दल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर, डाक्टरले मृत…

    Read More
  • अपराध/दुर्घटना

    गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले गरे कर्मचारी माथि हातपात

    पोखरा/गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् । ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय…

    Read More
  • अपराध/दुर्घटना

    सिन्धुपाल्चोक खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको् मृत्यु

    सिन्धुपाल्चोक/खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु भएकोे छ । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे मिनबहादुर तामाङको घरमा ग्यास विस्फोट भएर आगलागी हुँदा उहाँका छोरा १० वर्षका…

    Read More
  • अपराध/दुर्घटना

    नायक पल शाह आज उच्च अदालत जाने

    तनहुँ । जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह आज उच्च अदालत पोखरा जाने भएका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका हुन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदै छ । पलका पक्षका…

    Read More