| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • कञ्चनपुर कारागारका फरार एक सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्

    कञ्चनपुर/जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ पाँच वजे सम्म कारागारमा फर्किनका लागि सयम सीमा दिइएको हो । यस अघिसमेत जिल्ला प्रशासन कार्यालय…

    Read More
  • ‘अहिलेसम्म टिकोटमा रासायनिक मल भित्रिएको छैन’

    म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक रु सात लाखसम्म आम्दानी गर्नुहुन्छ । पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफुल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बन्नुभएको हो । १६ वर्षअघि तरकारी खेती गर्नुअघि पुनले रोजगारीका लागि पाँच वर्ष कतारमा श्रम र…

    Read More
  • ‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’

    चितवन/नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार…

    Read More
  • आजको मौसम पूर्वानुमानः कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन ÷चट्याङ सहित…

    Read More
  • विपद्सँग जुध्न ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय

    काठमाडौँ/नेपाली कांग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने भएको छ । आज यहाँ पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूसँग ‘विपद् केन्द्रित विशेष बैठक’ ले भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भ्रातृ…

    Read More
  • मधेसको जनजीवन प्रभावित,तराई क्षेत्रबाट काठमाडौँ जाने गाडी ठप्प

    धनुषा/धनुषासहित मधेसका प्रायः सबै जिल्लामा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित अबिरल पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ । दसैँको समयमा निरन्तर मुसलधारे वर्षा भई बाहिर निस्कनै नसक्ने अवस्था आउँदा जनजीवन प्रभावित बनेको हो । भारी वर्षा जारी रहेकाले अत्यावश्यक काम परेका मानिससमेत घर बाहिर निस्कन सकेका छैनन् । मान्यजन कहाँ दसैँको टीका, जमरा ग्रहण गर्न…

    Read More
  • बाढीबाट ऊर्जा र सिँचाइका संरचनामा करोडौँको क्षति

    काठमाडौँ/यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको प्रारम्भिक छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा रु १० करोड बारबरको क्षति भएको छ । कन्काइले गौरीगञ्ज–२…

    Read More
  • हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

    चितवन/हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ पठाइएको हो । शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको थियो । काठमाडौंँ जाने सडक…

    Read More
  • नागढुङ्गाबाट ५ः०० बजेभित्र मात्र गाडीलाई जान दिइने

    काठमाडौँ/बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ । बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौँबाट नागढुङ्गामा ५ः०० बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो…

    Read More
  • बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

    काठमाडौं/शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ…

    Read More