Breaking News
 | 
  • नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

    वीरगञ्ज,(पर्सा)/वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ । मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्याङ्करमार्फत औषतमा…

    Read More
  • १० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकोः मन्त्री दाहाल

    ललितपुर/भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वन देखिएको बताउनुभएको छ । सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रद्वारा आज ललितपुरमा आयोजित सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रममा मन्त्री दाहालले १० वर्षअघिको नेपाल र अहिलेको नेपालमा उल्लेखनीय रुपमा सकारात्मक परिवर्तन देखिएको बताउनुभयो । मन्त्री दाहालले भन्नुभयो, “सबैले खाना पाउनु, सबैले लगाउन पाउनुपर्ने समाजको…

    Read More
  • निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

    रसुवा/गोसाइँकुण्ड मेला व्यवस्थापन समितिले स्वास्थ्य व्यवस्थासहित शान्ति सुरक्षाको प्रबन्ध गरिएकाले निर्धक्क भई जनैपूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डको मेला भर्न श्रद्धालु भक्तजनसँग अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय धुञ्चेमा बसेको मेला व्यवस्थापन समितिको बैठकले धुञ्चेसम्म जोडिएका सबै सडकमार्ग राम्रो भएको, यातायातका साधन निर्वाधरुपमा चलिरहेको, गोसाइँकुण्डबाट फर्की आउने तीर्थयात्रीका अनुसार बाटोमा कुनै पनि समस्या नरहेको र जिल्लास्थित…

    Read More
  • मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने

    जनकपुर/मधेश प्रदेशलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत र सहयोगका लागि आह्वान गरेपछि बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना राहत र सहयोग कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाएको हो । खडेरीबाट प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही,…

    Read More
  • ढोरपाटनमा एक वर्षमा पुगे २३ हजार पर्यटक

    गलकोट,(बागलुङ)/नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकोमा आर्थिक वर्ष…

    Read More
  • ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि…

    काठमाडौँ/यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाड्नुभयो । मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र रु विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ््दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल…

    Read More
  • बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै

    लुम्बिनी/बुटवल उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तरराष्ट्रियस्तरको कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाउने काम सुरु भएको छ । बुटवलको जितगढीमा भएको अङ्ग्रेज फौजसँगको लडाइँ जिती विश्वभर नेपालीको वीरता फैलाउने कर्णेल थापाको सम्मानमा आधुनिक एवं सुविधासम्पन्न रङ्गशाला बनाउने काम अघि बढेको हो । बुटवल उपमहानगरपालिकाले आव २०७६/७७ मा सो खेल मैदानलाई स्तरोन्नतिसहित…

    Read More
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ/सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा…

    Read More
  • ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

    गलकोट,(बागलुङ)/सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी व्यवस्थापन समिति सक्रिय…

    Read More
  • बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौँ/ललितपुरको बालकुमारीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४ ख २४७७ नं को मिनी ट्रकको ठक्करबाट आज दिउँसो पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको आज मृत्यु भएको हो । मृतकको परिचय खुलेको छैन ।…

    Read More