Breaking News
 | 
  • आज नागपञ्चमी पर्वः नागको पूजाआराधना गरी मनाइँदै

    काठमाडौँ/नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका…

    Read More
  • विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    काठमाडौँ/पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै…

    Read More
  • उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता

    काठमाडौँ/उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्कनुभएको छ । चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११।३० बजे स्वदेश फर्कनुभएको हो । उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो ।…

    Read More
  • ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

    खाँदबारी,(सङ्खुवासभा)/सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जङ्गलको बीचमा रहेको ठूलो ढुङ्गाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको पोखरी वर्षभरि कहिल्यै सुक्दैन । स्थानीय कुवेर राईका अनुसार यो पोखरीमा साक्षात देवताको बास रहेको विश्वास…

    Read More
  • कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

    झापा/कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्याङ्कले देखाएको छ ।…

    Read More
  • निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

    काठमाडौँ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढोेस् । सरकार समन्वय गर्न तयार छ । निजी क्षेत्र…

    Read More
  • सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

    काठमाडौँ/सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त हुनुभएको छ । न्याय सेवा आयोगको आज बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डाअशोककुमार क्षेत्रीले जानकारी दिनुभयोे । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा लिनुभएको थियो । बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह–रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्र्ने…

    Read More
  • डेढ अर्ब रुपैयाँ बराबरको खोप अलपत्र, नष्ट गर्न २५ लाख रुपैयाँ अभाव

    काठमाडौँ/सरकारले कोभिड–१९ विरुद्धको ‘सिनोभ्याक’ खोप म्याद गुज्रिएको डेढ वर्ष बितिसक्दा पनि विसर्जन गर्न सकेको छैन । चीन सरकारबाट अनुदानमा प्राप्त गरेको सिनोभ्याकको ४० लाख डोज खोप समयमै प्रयोग गर्न नसक्दा म्याद गुज्रिएको हो । २०७८ चैत १२ गते चीन सरकारले उपलब्ध गराएको सो खोप २०८० पुसको दोस्रो सातामा म्याद गुज्रिएको परिवार कल्याण महाशाखा अन्तर्गत रहेको…

    Read More
  • स्पेनलाई हराउँदै इंग्ल्यान्ड लगातार दोस्रोपटक च्याम्पियन

    काठमाडौं/फाइनलमा विश्वकप विजेतासमेत रहेको स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इंग्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ । आइतबार स्वीट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो । यता, इंग्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले…

    Read More
  • आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

    काठमाडौं/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई…

    Read More