| 
  • तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान

    टक्सार,(भोजपुर)/पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । विगतमा हप्तामा दुई उडान मात्र भोजपुर–काठमाडौँ हुँदै आएकामा अब चार उडान हुनेछन् । प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौँ–भोजपुर–काठमाडौँ उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यही कात्तिक २६…

    Read More
  • ललितपुर र भक्तपुरका बालबालिका ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

    काठमाडौँ/सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदि औषधि) आजदेखि ललितपुर र भक्तपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ । आज दुवै जिल्लास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रमा बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ आज खुवाइएको हो । बालबालिकालाई…

    Read More
  • एक्यान बागमति प्रदेश अध्यक्षमा सन्तोष रेग्मी ।

    नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ(एक्यान) बागमति प्रदेशको अध्यक्षमा सन्तोष रेग्मी निर्वाचित भएका छन् । हिजो भएको निर्वाचनमा रेग्मी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा बिशाल भट्टराई, कोषाध्यक्षमा अन्कित अर्याल र सदस्यमा सुस्मीता पाण्डे निर्वाचित भएका हुन् ।

    Read More
  • विशेष महाधिवेशन आवश्यकतामाथि कांग्रेसभित्र कानुनी बहस

    काठमाडौँ/नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशनको पक्षमा दुई धार देखिएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनका विषयमा कानुनी विमर्श सुरु गरेको छ । आज भीमसेनगोलास्थित आनन्द इभेन्ट्समा ‘विशेष महाधिवेशनसम्बन्धी कानुनी विमर्श’ शीर्षकमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता, अधिवक्ता तथा कानुनविद्हरूले विशेष महाधिवेशनको वैधानिकता, राजनीतिक आवश्यकता र पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियासम्बन्धी धारणा राखेका थिए । नेपाली कांग्रेसका…

    Read More
  • कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन : प्रधानमन्त्री कार्की

    काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राख्नुभएको छ । कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्की धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताउनुभयो । कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको…

    Read More
  • दृष्टिविहीन टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

    काठमाडौँ/भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुन लागेको पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली आज भारत प्रस्थान गरेको छ । यही कात्तिक २५ गतेदेखि आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बागमती प्रदेश अपाङ्ग महासङ्घका अध्यक्ष उपेन्द्र श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रिय महासचिव सुगम भट्टराईलगातले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो…

    Read More
  • अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    काठमाडौँ/अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गर्नुभएको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिनुहुने भएको छ । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आउनुभएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाउनुभयो । उक्त चलचित्रमा हरिया पात्रले उहाँको लोकप्रियता आम दर्शकसम्म पु¥यायो । उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह…

    Read More
  • निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    राँझा,(बाँके)/नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न भएको छ ।विसं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिनुभयो । आयोजनाको काम सम्पन्न भएसँगै…

    Read More
  • करिव ५३ करोडको लागतमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

    म्याग्दी/म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो । पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका–७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको म्याग्दी १९ख०…

    Read More
  • बेमौसमी वर्षाः दुई अर्बभन्दा बढीको क्षति

    विराटनगर/अविरल वर्षाबाट कोशी प्रदेशमा कूल रु दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो । जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् रु चार करोड…

    Read More