Breaking News
 | 
  • मुख्य पृष्ठ

    दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै

    देउखुरी,(दाङ)/यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गर्नुभएको छ । उहाँले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आउनुभएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    माधव नेपालले दिए पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद !

    काठमाडौं/नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्र माओवादी ‘जनयुद्ध’ छोडेर आएको बताएका छन् । आइतबार (चैत २४) केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वाग्मती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । तीन नेता बसेर सहमति गरिसकेपछि मात्र…

    Read More
  • मुख्य पृष्ठ

    फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय

    गलकोट,(बागलुङ)/जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ । नयाँ सहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउनेगरी सरकारले सूचीकृत गरेको…

    Read More
  • मुख्य पृष्ठ

    चैत्र शुक्ल नवमीः देशभरका राम मन्दिरमा भक्तजनको भीड

    काठमाडौँ/रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा बत्तीसपुतलीस्थित…

    Read More
  • मुख्य पृष्ठ

    रवि फेरि पक्राउ पर्दै, थुनामा पठाउने उच्च अदालतको आदेश

    काठमाडौं/उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत…

    Read More
  • मुख्य पृष्ठ

    किन बढ्दै छ, वायु प्रदूषण ? के जेठसम्म वायु प्रदूषण उच्च हुन्छ ?

    काठमाडौ/वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन

    काठमाडौँ/‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको छ ।उक्त कार्य १०० भन्दा बढी स्वयंसेवक,स्थानीय समुदायका सदस्य, नेपाल प्रहरी, र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीको सक्रिय सहभागितामार्फत सम्भव भएको आयोजकले जनाएको छ । नदी सरसफाइ अभियान ‘रिभर प्लस…

    Read More
  • नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

    राँझा,(बाँके)/विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेकोे छैन । नेपालगञ्जस्थित नेपाल आयाल निगम लिमिटेड इन्धन डिपोको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको बिक्रीदर बढेको हो । यहाँस्थित इन्धन डिपोका प्रमुख मनोहर डिसीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा पेट्रोल १०, डिजेल पाँच, मट्टितेल चार र…

    Read More
  • मुख्य पृष्ठ

    नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

    काठमाडौँ/तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् । दुवै पार्टीले एकीकरणका लागि गठन गरेका…

    Read More
  • मनोरञ्जन/जिबनशैली

    नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

    काठमाडौं/‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो । जसले नेपाली चलचित्रका लागि विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो । नेपालको ग्रामीण परिवेश र सामाजिक विषयवस्तुलाई उजागर गरी सामाजिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेको चलचित्रकर्मीहरू बताउँछन्…

    Read More