Breaking News
 | 
  • मुख्य पृष्ठ

    स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताउनुभएको छ । पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज आयोजित छलफलमा उहाँले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।…

    Read More
  • बचत रकम निकाल्न नपाउँदा औषधि सेवन गर्न छाड्दै बचतकर्ता

    लुम्बिनी/यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उहाँको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको रु छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा हुनुहुन्छ । सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना…

    Read More
  • मुख्य पृष्ठ

    मुख्यमन्त्री कार्कीद्वारा सिरुवा पर्वको शुभकामना

    विराटनगर/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहनुभएका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस प्रदेशमा आदिकालदेखि बस्दै आउनुभएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व हो भन्नुभएको छ । सिरुवा पर्वलाई परिवर्तनको…

    Read More
  • मुख्य पृष्ठ

    बजेट अभावले खानेपानी आयोजना अलपत्र

    गोदावरी,(कैलाली)/बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौंदेखि अलपत्र परेका छन् । आर्थिक वर्ष २०७१/७२ देखि सञ्चालित सङ्घीय सशर्त अनुदानका कैलाली र कञ्चनपुरमा ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन् । यी आयोजनाबाट करिब रु दुई अर्ब दायित्व सिर्जन भएको खानेपाली तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ । प्रत्येक वर्ष न्यून…

    Read More
  • मुख्य पृष्ठ

    विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ: प्रधानमन्त्री ओली

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानको आज शुभकामना दिँदै उहाँले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउनका लागि अभिभावक तथा सरोकारवालाको ठूलो भूमिका रहेको भन्दै सफल पार्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी…

    Read More
  • मुख्य पृष्ठ

    नदीमा स्नान गरेको टिकटक बनाउने क्रममा एक महिला बेपत्ता

    पर्वत/कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् ।पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् । बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि नववर्ष २०८२ प्रारम्भ

    काठमाडौँ/आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल…

    Read More
  • मुख्य पृष्ठ

    छोरीबुहारीले धानेको पाल्ही बहुमुखी क्याम्पस

    नवलपरासी,(बर्दघाट)/पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ । त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ । अनौठो त के छ भने त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र अविवाहितको सङ्ख्या बराबर जस्तै छ । तराई क्षेत्रमा विवाह भएपछि अधिकांशले बुहारीलाई पढाउन स्कुल, कलेज नपठाउने प्रचलन अझ पनि…

    Read More
  • मुख्य पृष्ठ

    गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

    म्याग्दी/जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि रु छ लाख सहयोग गरेको हो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका…

    Read More
  • मुख्य पृष्ठ

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    काठमाडौँ/यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब २८ करोड दुई लाख ९६ हजार…

    Read More