Breaking News
 | 
  • मुख्य पृष्ठ

    संसदभित्रै लिङदेनको चुनौती- राजावादी यहाँ छ, सके जेल हाल

    काठमाडौं/राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि आफूले यस्तो चुनौती दिएको उनले बताएका छन् ।

    Read More
  • मुख्य पृष्ठ

    प्रसाईंले भने- म भागेको छैन, मन्दिरमा बसेको छु

    काठमाडौं/व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नबनेको दाबी गरेका छन् । आफूलाई हत्या गर्न खोजिएको थाहा पाएपछि काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको उनको भनाइ छ । मन्दिर अगाडि बसेर एउटा भिडियो वक्तव्य जारी गर्दै दुर्गा प्रसाईंले प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएको थाहा पाएको बताएका छन् । उनको भनाइ यस्तो छ चैत १५ गते बिहानैदेखि विभिन्न…

    Read More
  • मुख्य पृष्ठ

    ‘गणतन्त्रमाथि आक्रमण गर्न खोजिएकाले यसको संरक्षण पत्रकारिता क्षेत्र गर्नुपर्छ’

    काठमाडौ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ ।रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय विभिन्न शक्तिले गणतन्त्रमाथि आक्रमण गर्न खोजिरहेका भन्दै यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्र निरन्तर पहलकदमी गर्दै अग्रपङ्क्तिमा लाग्नुपर्ने बताउनुभयो । “गणतन्त्रको जगेर्ना र जनतामा…

    Read More
  • मुख्य पृष्ठ

    पर्यटनमन्त्री बस्याल र सिटिएस प्रमुख यानविच भेटवार्ता, पोखरा-छेन्दु उडान: पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी

    पोखरा/गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स (CTS) प्रमुख जुन यान (Jun Yan) र उनकी सेक्रेटरी ली शिन (Li Xin) बीच पोखरामा भेटवार्ता भएको छ। भेटमा सिचुवान एयरलाइन्स (CTS) ले हालै सुरु गरेकाे पोखरा-छेन्दु चार्टर हवाई उडानले पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी भएकाे सम्वन्धमा कुराकानी भएकाे छ । यसका साथै चीन सरकारले…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा बैठक आज पनि बस्दै, दुई दिन देखी अवरुद्ध संसद

    काठमाडौं/प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पुर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । आजको…

    Read More
  • मुख्य पृष्ठ

    कुलमानको रिटमा सुनुवाइ सुरु

    काठमाडौँ/सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ। घिसिङको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा भइरहेको हो। सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। शाक्यले पदभार सम्हालिसकेका छन्।

    Read More
  • मुख्य पृष्ठ

    सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७६ हजार दुई सय पुग्यो

    काठमाडौँ/सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार…

    Read More
  • अपराध/दुर्घटना

    बिधुत प्राधिकरणबाट कुलमान हटाएकोमा सरकारको चौतर्फी विरोध: व्यापक जनआक्रोश र बिरोध!

    काठमाडौं/बर्तमान ओली सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर केपी ओलीका आफ्नै साला पर्ने हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि देशब्यापी रुपमा चौतर्फी विरोध सुरु भएको छ । बिरोध गर्नेमा आम नागरिक मात्र छैनन् स्वयं सत्तारुढ दलकै नेता देखी कलाकार र प्रबुद्ध ब्यक्तिहरु समेत छन् । सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय…

    Read More
  • मुख्य पृष्ठ

    कास्की केन्द्रविन्दु भएर एका विहानै भूकम्प !

          काठमाडौं : कास्की केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।  बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प आसपासका जिल्लामा पनि महशुस भएको थियो।  यसअघि फागुन २४ गते बिहानै बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको…

    Read More
  • मुख्य पृष्ठ

    सालकको खपटा जस्तो देखिने वस्तुसहित २ जना नियन्त्रणमा

    १६:०० बजे जिल्ला काठमाडौं/काठमाडौँ महानगरपालिका वडा नं. १६माछापोखरीस्थित अवैध रुपमा वन्यजन्तु सालकको खपटा खरिदबिक्री भइरहेको भन्ने सूचना को आधारमा प्रहरी वृत्त, बालाजुबाट खटिएको प्रहरी टोलीले जिल्ला खोटाङ, दिप्रुङ चुईचुम्पा गा.पा. वडा नं. २ घर भई हाल का.म.न.पा. ६जोरपाटी बस्ने वर्ष २९ को उमेश तामाङलाई रितपूर्वक खानतलासी गर्दा निजले बोकेको झोलाभित्र ७७० ग्राम सालकको खपटा जस्तो…

    Read More