Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

    चितवन/भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो…

    Read More
  • अत्याधिक गर्मीका कारण भरतपुरका सबै स्कुलहरु भोलिदेखि चारदिन बन्द हुने

    चितवन/अत्याधिक गर्मीका कारण भरतपुरका सबै विद्यालयहरु भोलिदेखि चार दिनका लागि बन्द गरिने भएको छ ।मंगलबार देखि शुक्रबारसम्म महानगर भित्रका सबै शैक्षिकसंस्थाहरु बन्द गर्न महानगरले भनेको छ । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुवासचन्द्र आचार्यद्धारा जारी सूचनामा वर्षे विदाबाट कट्टा हुनेगरि चारदिन विद्यालयहरु बन्द हुने जनाइएको छ ।विदाको अवधिमा आफ्ना बालबालिकाहरुलाई घरमै राख्न, पौडी खेल्न…

    Read More
  • मुख्य पृष्ठ

    सहमतिमा संविधान संशोधन जरुरीः नेता केसी

    चितवन/ आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका लागि सर्वदलीय सहमति सृजना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ । त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ ।” अहिले जनमानसमा उठेका प्रश्नहरुको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको भनाइ राख्नुभयो । उहाँले सबै जातजातिको…

    Read More
  • मुख्य पृष्ठ

    एसइईको नतिजा असार दोस्रो साताभित्र आउने

    भक्तपुर/राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । आज रासससँग कुरा गर्दै परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिनुभयो । उहाँले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    काठमाडौँ/भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र…

    Read More
  • मुख्य पृष्ठ

    भारतका प्रधानमन्त्री मोदीले लिए शपथ !

    नयाँदिल्ली/भारतको प्रधानमन्त्रीमा नियुक्त भएका भाजपा नेता नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् । लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो । उनलाई गत शुक्रबार राष्ट्रपतिले…

    Read More
  • अपराध/दुर्घटना

    पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई पक्राउ

    काठमाडौँ/जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले…

    Read More
  • मुख्य पृष्ठ

    तराईमाअधिकतम तापक्रम ४४.२ डिग्री, तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

    काठमाडौँ/जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी…

    Read More
  • अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरको सम्मान

    चितवन/भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभयो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक…

    Read More
  • चितवन सेरोफेरो

    ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको छ: प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको बताउनुभएको छ । शनिवार ठोरीमा भएको नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रममा उहाँले नेपाल–भारत र चीन जोड्ने छोटो दुरीको नाकाको रुपमा स्थापित भएको उल्लेख गर्नुभयो । ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टीकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताको लागि २ महिनाअघि सञ्चालनमा ल्याइएको प्रमुख…

    Read More