Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    आगामी तीन दिन देशभर भारी वर्षा, सर्तक रहनुपर्ने(तीन दिनको पूर्वानुमान)

    काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । अहिले देशभर साधारणतया बदली छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीमा ’पार्टीको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव छ’

    काठमाडौं/माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपश्चात उनले बैठकमा नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको बताए। उनले भने, ‘आज सबैले जोड दिएर भनेको कुरा के हो भने, हाम्रो चिन्तनको धरातल माथि उठ्नु पर्यो हाम्रा छलफल बहस दर्शन, विचार, राजनीतिक सिद्धान्तमा…

    Read More
  • मुख्य पृष्ठ

    झोलामा ‘खेती’, झोलामै ‘पशुपालन’: कृषि अनुदानमा ‘नक्कली’ किसानको ढलीमली

    बीबीसी/शरद के सी  रुपन्देहीमा एक पशुपालन समूहसँग दुई करोड रुपियाँको सम्झौता भएकोमा गोठ, आहार भण्डार र मेसिनरी तथा ५८ वटा भैँसीको लागि समूहले ८८ लाख रुपियाँ सरकारबाट लियो। महालेखा परीक्षकको प्रतिवेदनअनुसार २०७९ सालको भदौमा अनुगमन गर्दा त मुर्रा भैँसी पाँच वटा मात्रै भेटिए। कपिलवस्तुमा एक किसानले छ लाख रुपियाँ कृषि अनुदान लिए। तर लुम्बिनी प्रदेशको…

    Read More
  • अपराध/दुर्घटना

    ब्रजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

          तस्बिर स्रोत,EPA ब्रजिलको साउ पाउलो राज्यमा एउटा विमान दुर्घटना हुँदा त्यसमा यात्रा गरिरहेका सबै ६१ जनाको मृत्यु भएको छ। दुईवटा इन्जिन भएको उक्त विमान दक्षिणी राज्य पारानाको कास्काभेलबाट साउ पाउलो सहरको ग्वारुल्यूस विमानस्थलतर्फ जाँदै गर्दा भिन्हेदो सहरमा खसेको भोल्पेस एअरलाइन्सले जनाएको छ। सामाजिक सञ्जालमा शेअर गरिएका भिडिओ फुटेजहरूमा उक्त विमान तलतिर ठाडो…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय सरकारी अस्पतालका एक डाक्टरको बलात्कारपछि हत्या, दोषीलाई मृत्युदण्ड दिने मुख्यमन्त्रीको आश्वासन

    एजेन्सी/भारतको कोलकत्तास्थित सरकारी अस्पतालकी एक डाक्टरको बलात्कारपछि हत्या भएपछि सरकारी डाक्टरहरू आन्दोलित भएका छन्। कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कारपछि हत्या भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको थियो। उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरूले दोषीलाई कडा…

    Read More
  • चितवन सेरोफेरो

    गत आर्थिक वर्ष २०८०/८१ मा भरतपुर महानगरको पुँजीगत खर्च ५६ प्रतिशत मात्र !

    चितवन/भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा कुल पुँजीगत बजेटको ५६ प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ । दुई दिनसम्म चलेको समीक्षा बैठकमा महानगर प्रमुख रेनु दाहालले गत आवमा पुँजीगततर्फ ५६ प्रतिशत मात्र खर्च भएको जानकारी दिइन् । उनले विकास बजेट सोचे अनुसार खर्च नभएको भन्दै आगामी दिनमा समस्यालाई समाधान गर्दै विकास खर्च वृद्धि…

    Read More
  • खेलकुद

    भरतपुर महानगर युवा संजालको फुटसल: पुरुषतर्फ वडा नं. ५ र महिलातर्फ २३ विजयी

    चितवन/भरतपुर महानगर युवा संजालद्वारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार राति सम्पन्न खेलमा अन्तर वडा क्लव पुरुष फुटसलको उपाधि वडा नम्बर ५ ले जितेको छ भने अन्तर संघसंस्था एवम् अन्तर वडा क्लव महिला फुटसलको उपाधि वडा नम्बर २३ ले जितेको छ । पुरुषतर्फ वडा नम्बर २२ दोश्रो भयो भने महिलातर्फ सोच परिवर्तन…

    Read More
  • अपराध/दुर्घटना

    बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु

    बुटवल/बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख…

    Read More
  • खेलकुद

    हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुँदैं

    पोखरा/पोखरा महानगरपालिका–६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।हल्लनचोक स्पोर्टस् क्लबले यही भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र…

    Read More
  • खेलकुद

    असोज दोस्रो साता नयाँगाउँमा एमेच्युअर फुटबल, उपाधि राशी ६० हजार

    पोखरा/आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा १५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । उनले नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन्, उनीहरुले स्थान पाएका छैनन्, गुरुङले…

    Read More