Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनका युवा व्यवसायी सिग्देलमाथि दिनदाहाडै सिजी मलमा आक्रमण

    भरतपुर/चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) माथि आक्रमण भएको छ । भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले आज (बिहिबार) अपरान्ह आक्रमण गरेको हो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएकाहरुले आक्रमण गरेका हुन । सिसी टिभी फुटेजमा उनिहरु सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेको र…

    Read More
  • स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

    काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन अस्थायी रुपमा बनाइँदै गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ रहेको खाली…

    Read More
  • आज रातिदेखि भारी वर्षाको सम्भावना

    काठमाडौँ/दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।”…

    Read More
  • मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

    मुगु/यहाँस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण गरिएको छ । यही कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् । सफल आरोहीहरुमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड छन् ।…

    Read More
  • विश्वकप लिग-२ः आज यूएईसँग भिड्दै नेपाल

    काठमाडौं/आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ…

    Read More
  • ‘जेनजी’ प्रदर्शनका क्रममा नवलपुरमा रु ५८ करोडको क्षति

    नवलपुर,(नवलपरासी)/‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब रु ५८ करोडको क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट करिब रु ५८ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । उहाँका अनुसार आन्दोलनका क्रममा जिल्लामा ४०…

    Read More
  • छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

    काठमाडौँ/कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक…

    Read More
  • पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

    काठमाडौँ/सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न…

    Read More
  • किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

    गुल्मी/गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उहाँले बारीमा किबीका बोट देख्न सकिन्छ । उहाँले किबी खेतीबाट मात्रै वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । सत्यवती गाउँपालिका–८ मा वडा सदस्य समेत…

    Read More
  • ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

    काठमाडौँ/चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ । प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, छोङछिङ, आनहुइ, छिङहाइ, थियानजीन, हङकङ र युनान प्रान्तका खुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, शाङ्ग्रिलालगायत स्थानबाट १६० खेलाडी सहभागी भएका काठमाडौं जेन्झी…

    Read More