Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

    तानसेन/लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल शेयर सदस्यहरुको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो । व्यवस्थापक बमरेलमाथि रु दुई करोड ८७ लाख ५७ हजार सहकारीको रकम ठगी गरेको आरोप छ । “सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक…

    Read More
  • दुग्ध उत्पादक किसानका दुग्ध विकास बोर्डले रु एक अर्ब र निजी क्षेत्रले रु तीन अर्ब भुक्तानी गर्न बाँकी

    चितवन/दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाईसमेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतवनी दिएका हुन् । सङ्घका अध्यक्ष…

    Read More
  • अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँः महत

    काठमाडौं/पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताउनुभएको छ । उहाँले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हालन खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ती गर्नुपर्ने बताउनु भयो । आज संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले विदेशमा पनि विदेशीहरुले नै कम्पनीहरुको नेतृत्व…

    Read More
  • रत्ननगरस्थित जिएसटि कलेजको आयोजनामा भोलि ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुने

    रत्ननगर/पुर्वी चितवनको रत्ननगर-१, निपनी स्थित जि.एस.टी.कलेजको आयोजनामा `लन्चप्याड सेलेब्रेटिङ्ग सक्सेस चार्टिङ फ्युचर्स´कार्यक्रम हुने भएको छ । स्थानिय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो। सो कार्यक्रम अन्तर्गत “ब्रेन ड्रेन टु ब्रेन गेन: टर्निङ लोकल एजुकेसन ईन्टु ग्लोवल एक्सेस” शीर्षकमा प्यानल डिस्कसन संचालन हुनेछ। रत्ननगर-१,निपनीस्थित होटल स्टारमा भोलि साउन २९ गते…

    Read More
  • अब गाउँघरमा रोपाइँ पनि ठेक्कामा !

    गलकोट(बागलुङ)/काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थाल्नुभएको छ । गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी रु तीन हजार २६६ मा ठेक्का लिएर उहाँहरूले रोपाइँको चाजोपाजो मिलाउनुभएको हो । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था…

    Read More
  • चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

    चितवन/सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण देखिएको छ । जुलाइमा एक र अगष्टमा दुई जनामा यो रोगको सङ्क्रमण देखिएको हो । स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन् २०२५ यता बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । जसमध्ये एकजना सिन्धुली र तीनजना चितवनका छन्…

    Read More
  • लोडसेडिङ नेपालका लागि विगत भइसक्योः ऊर्जामन्त्री खड्का

    काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अस्थायी अवरोध प्रणालीगत सुधार र उत्पादनलाई तीव्रताकासाथ अगाडि बढाइएकाले अब लोडसेडिङ नहुने विश्वास व्यक्त गर्नुभयो । ऊर्जामन्त्री खड्काले भन्नुभयो, “नेपालले विद्युत् उत्पादन र बिक्री वितरणमा गरेको…

    Read More
  • वनमन्त्री शाही र एमसिसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेटवार्ता

    काठमाडौँ/वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसिसीका सहायक उपाध्यक्ष जोन विङ्गलले भेटवार्ता गर्नुभएको छ । मन्त्रायलमा आज भएको भेटवार्तामा मन्त्री शाहीले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । एमसिसी परियोजनाका लागि निरन्तर सहकार्य गरेकामा अमेरिकी सरकारको प्रशंसा गर्दै उहाँले यस सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन र स्तरोन्नतिसहितका राजमार्ग…

    Read More
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ/सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले…

    Read More
  • कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

    कञ्चनपुर/कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिनुभयो । “बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ”, उहाँले भन्नुभयो, “स्थानीय प्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय…

    Read More