Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै

    हेटौडा/बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो । माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् ।…

    Read More
  • पत्रपत्रिका/अन्य

    नागरिकता विधेयकमा ओलीको दोहोरो चरित्र

    काठमाण्डौं/सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द शर्मासँग विधेयकलाई स्वीकार गर्न नसकिने बताएका हुन् । संसद्मा पेस गर्न लागिएको नागरिकतासम्बन्धी विधेयकबारे छलफल गर्न मन्त्रीद्वय असार ३ गते ओली निवास बालकोट पुगेका…

    Read More
  • मुख्य पृष्ठ

    कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न काङ्ग्रेसमा देउवालाई दबाब।

    माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दवावमा परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

    Read More
  • चितवन सेरोफेरो

    चितवनको भरतपुर महानगरको बजेट पारित

    भरतपुर/शुक्रबार सुरू भएको भरतपुर महानगरपालिकाको एघारौं नगरसभा आइतबार सम्पन्न भएको छ । नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्ब ७४ करोड बराबरको बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको हो । नगरसभाले आर्थिक वर्ष ०७९–८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो । सो अवसरमा कार्यपालिकाका…

    Read More
  • मुख्य पृष्ठ

    शहरी विकासमन्त्री झाँक्रीले पदबाट राजीनामा दिँदै

    काठमाण्डौं/शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् । राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

    काठमाण्डौं/स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा ७५३ स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका…

    Read More
  • मुख्य पृष्ठ

    अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुट्यो

    एजेन्सी/अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुटेको छ । सांसदहरूले ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका बन्दुक आक्रमणका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका समाचार संस्था एएनआईले जनाएको छ । बफेलो, न्युयोर्क र टेक्सासमा भएको गोलीकाण्डमा ३१ जना स्कुले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा धादिङको पाँचौं पुर्ण बैठक सम्पन्न।

    ६ असार, २०७९ धादिङ/नेपाल कम्युनिस्ट पार्टी धादिङको पाँचौं पुर्ण बैठक नवौं राष्ट्रिय महाधिवेशन भब्यताका साथ सम्पन्न गर्ने निर्णयसहित बैठक सम्पन्न गरेको छ। असार ५ गते आइतबार जिल्ला सदरमुकाम धादिङवेशी स्थित पार्टीको जिल्ला सम्पर्क कार्यालयमा बसेको बैठक जिल्ला पार्टी सेक्रेटरी सिर्जनको अध्यक्षता सम्पन्न भएको थियो। पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज माइला लामाको प्रमुख आतिथ्यता, पुर्व…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधि सभाको आजको बैठकबाट बजेट पारित गर्ने तयारी

    काठमाडौं/प्रतिनिधि सभाको आजको बैठकबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी छ । त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित…

    Read More
  • मुख्य पृष्ठ

    बुधबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

    काठमाडौ/प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जर्नादन शर्मामाथि छानविन गर्नुपर्ने मागसहित विरोध गरेपछि आज मंगलबार बसेको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । एमालेले बजेट बनाउँदा अर्थमन्त्री शर्माले बाहिरी मानिस घुसाएर राजश्वको दर हेरफेर गरेको आरोप लगाएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न…

    Read More