Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्ः अध्यक्ष ओली

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न माग गर्नुभएको छ । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको स्पष्ट…

    Read More
  • असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल

    पाटन,(ललितपुर)/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्र्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताउनुभएको छ । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा पार्टीलाई ठूलो…

    Read More
  • प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

    काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त भेटमा प्रधानमन्त्री कार्कीले यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता एवं जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै…

    Read More
  • प्रधानमन्त्रीको नाममा गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

    काठमाडौं/प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण…

    Read More
  • कांग्रेस नेत्री कर्णको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ/नेपाली कांग्रेसकी नेत्री राधादेवी कर्णको निधन भएको छ । कांग्रेस पूर्वमहामत्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहनुभएकी कर्णको यही असोज २४ गते निधन भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गरी ८१ वर्षीया कर्णको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको हो । विसं २०४६ को जनआन्दोलनमा पिता महेन्द्रनारायण निधि…

    Read More
  • जनताको विश्वास जित्नुस्ः मुख्यमन्त्री कँडेल

    सुर्खेत/कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएका सकारात्मक भावना र मागलाई सम्मान गर्दै सुधारका ठोस योजनासहित काम अघि बढाउन प्रदेशका सचिवहरूलाई निर्देशन दिनुभएको छ । प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवसँग आव २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी भएका निर्णय र प्रतिबद्धताका प्रगतिसम्बन्धी छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री…

    Read More
  • राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छः मन्त्री घिसिङ

    इलाम/भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताउनुभएको छ । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उहाँले भन्नुभयो, “सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।” रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुग्नुभएका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर…

    Read More
  • लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उहाँले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिनुभएको हो । राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र…

    Read More
  • एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो । ललितपुर,…

    Read More
  • राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक शुक्रबार बस्ने

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाले बैठक शुक्रबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने जानकारी दिए। यो बैठक गत असोज २२ गते बसेको सचिवालय बैठककै निरन्तरता भएको उनले जनाए। बैठकको एजेन्डाबारे विस्तृतमा केही नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही र पार्टीको आगामी…

    Read More