Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    रसियामा बेपत्ता भएका आफन्तको पीडा: फोनको घण्टि बज्नासाथ झस्कन्छु

    गण्डकी/रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन् । घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उहाँको सिङ्गो परिवार समस्यामा परेको छ । घरकै मुख्य संरक्षक सम्पर्कविहीन भएपछि पुख्र्यौली स्थान छोडेर पाँचजनाको परिवार पोखरा–१६ बाटुलेचौरमा कोठा भाडा लिएर बस्दै आएको छ । जुनसुकै समयमा फोनको घण्टी बझ्दा पनि श्रीमान्कै फोन…

    Read More
  • अपराध/दुर्घटना

    दशैंको दिन आफ्नो कारले ठक्कर दिएपछि घाइतेलाई अस्पताल पुर्‍याए, गम्भीर देखेपछि भागे निरज

    काठमाडौँ/सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोल मा लुकेर बसेको अवस्थामा सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई…

    Read More
  • मुख्य समाचार

    वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय बनाइने

    धनुषा/नयाँ रेल आएपछि नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ । जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जासहितको सङ्ग्रहालय बनाउन पहल गरिने भएको छ । नेपालको एक मात्र नेपाल रेल्वे कम्पनीसँग विश्वमा लोप भएका कतिपय महत्वपूर्ण एवं…

    Read More
  • मुख्य समाचार

    बोटमा लटरम्म सुन्तला, रोग लागेपछि किसान चिन्तित

    तनहुँ/देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो । सुन्तला बगैँचा लगाउनुभएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताउनुभयो । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले…

    Read More
  • मुख्य पृष्ठ

    यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

    काठमाडौँ/आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते…

    Read More
  • मुख्य समाचार

    हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

    काठमाडौं/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गर्नुभएको छ । जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ रहनुभएका उहाँले डब्लुएचओका महानिर्देशक डा टेड्रोस गिब्रिएसस्सँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो । मन्त्री पौडेलले…

    Read More
  • मुख्य समाचार

    भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

    काठमाडौँ/चालु आर्थिक वर्ष २०८१/0८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो । राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान…

    Read More
  • मुख्य समाचार

    नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा

    काठमाडौँ/नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गरी इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले शान्ति मिसनमा खटिने सैनिकहरूमाथि इजराइली पक्षले गरेको आक्रमणको कडा निन्दा गर्दै शान्ति स्थापनामा खटिने सैनिकको…

    Read More
  • मुख्य समाचार

    प्रतिकुल मौसमका कारण लुक्ला जाने एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

    मन्थली,(रामेछाप)/सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् । रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन्…

    Read More
  • इजरायलद्वारा लेबनानमा रहेका शान्तिसेनामाथि गरिएको आक्रमण ‘अस्वीकार्य’– इयु

    युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गर्नुभएको छ । “इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्”, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया…

    Read More