Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान

    काठमाडौँ/जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रममार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतीकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना…

    Read More
  • नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेल

    चितवन/नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख भ्रातृ संस्थाको नेतृत्व चयन गरेका छन् । उनले नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई नियुक्त गरेका हुन । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकि करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइरालालाई नियुक्त गरेका छन् । उनीहरूलाई महाधिवेशन गराउनेगरी जिम्मेवारी दिइएको हो।

    Read More
  • प्रधान न्यायाधीश सिफारिसमा हर्क साम्पाङले जनाए आपत्ति,भनेः चुपचाप घण्टी छापको करामत !

    काठमाडौं/श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसको विरोध जनाएका छन् । वरीयता मिचेर प्रधान न्यायाधीश सिफारिस गरेको भन्दै उनले यो कदम सरकारको ठूलो असफलताको कारण हुने चेतावनी दिएका छन् । हर्कले प्रधानन्यायाधीश सिफारिसमा असन्तुष्टिबारे बिहान अहिलेसम्म २ वटा स्टाटस लेखिसकेका छन् । उनको पछिल्लो स्टाटस छ- वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधान न्यायाधीश…

    Read More
  • सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

    काठमाडौं/सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन् । ६ वैशाख…

    Read More
  • युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी

    काठमाडौं/अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बिहीबार इरानले संयुक्त राज्य अमेरिकाको प्रस्तावमाथि प्रतिक्रिया दिने तयारी गरेको छ । उक्त प्रस्ताव युद्धविराम गर्दै मध्यस्थतामार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ अघि सारिएको हो । रिपोर्टअनुसार अमेरिकी समर्थन प्राप्त प्रस्तावको…

    Read More
  • मुख्य पृष्ठ

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

    काठमाडौं/देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित…

    Read More
  • संसदको अधिकार उल्लंघन गर्ने प्रावधानविरुद्ध सशक्त आवाज उठाउने कांग्रेसको निर्णय

    काठमाडौं/नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारद्वारा हालै जारी गरिएका विभिन्न अध्यादेशमा रहेका संविधानविपरीत प्रावधानहरूको विरुद्ध संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सार्वभौम संसदको क्षेत्राधिकार उल्लंघन गर्ने, नागरिकका मौलिक हक कुण्ठित गर्ने तथा संविधानको भावनाविपरीत रहेका प्रावधानहरू स्वीकार्य नहुने निष्कर्ष निकालेको हो। प्रमुख सचेतक बासना थापाका अनुसार बैठकले…

    Read More
  • सरकारले खारेज गर्‍यो १२ ट्रेड युनियनको दर्ता

    काठमाडौं/सरकारले १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ। खारेज गरिएका युनियनमध्ये ८ वटा निजामती कर्मचारीसँग सम्बन्धित छन् भने ४ वटा स्वास्थ्यकर्मीका युनियन रहेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उक्त निर्णय गरेको हो। विभागका अनुसार, संवत् २०८३ सालको अध्यादेश नं। ०७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’…

    Read More
  • सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

    काठमाडौं/नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि ठूलो प्रपञ्च रचिरहेको आरोप लगाएका छन् । बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीस बनाउने जालझेल गरिरहेको भन्दै आपत्ति जनाएका हुन् । उनले भने,‘भोली ५ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानन्यायाधीस कसलाई बनाउने…

    Read More
  • मुख्य पृष्ठ

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौँ/हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती…

    Read More