Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्योः महामन्त्री थापा

    काठमाडौँ/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्यो भन्नुभएको छ । नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘लोकतन्त्रमा सञ्चार माध्यमको महत्व’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारीका नाममा धेरै नागरिक पीडित बनेकाले तिनलाई न्याय दिन पनि सहकारीको मुद्दालाई टुङ्गोमा पु¥याइने…

    Read More
  • मुख्य पृष्ठ

    प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रुपान्तरणका लागि सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को दुबै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति…

    Read More
  • मुख्य पृष्ठ

    सहकारी छानबिनसम्बन्धी संसदीय समितिको कार्यादेशमा सहमति हुन्छः मन्त्री गिरी

    पर्वत/कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताउनुभएको छ । गृहजिल्ला पर्वत आउनुभएका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताउँदै सत्तार र प्रतिपक्ष लचिलो भएर टुङ्गोमा पुग्नुपर्छ…

    Read More
  • चितवन सेरोफेरो

    एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र सकियो, दुई दिन बन्द सत्र चल्ने

    चितवन/नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशनको उद्घाटन सत्रको आज एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । ग्लोक्सी गार्डेन रिर्सोट लंकुमा सुरु भएको अधिवेशन १४ गतेसम्म चल्ने छ । प्रत्येक तीन वर्षमा जिल्ला अधिवेशन हुने गर्दछ । तर यसपाली चितवनको अधिवेशन दुई वर्ष चार महिनामै गरिएको हो । प्रत्येक वडा…

    Read More
  • मुख्य पृष्ठ

    न्यायपालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक हुन्ः प्रधानन्यायाधीश

    धुलिखेल/प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यापालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक भएको बताउनुभएको छ  सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘अदालती रिपोर्टिङ र सञ्चार माध्यम’ विषयक कार्यशालाको उद्घाटन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयको संवेदनशीलतालाई बुझेर गरिने यथार्थपरक, सत्यतथ्य र व्यावसायिक पत्रकारिताले न्यायपालिकाको विश्वसनीयताका साथै जनआस्था वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटी बीच भगिनी सम्बन्ध कायम

    चितवन, जेठ ९ । भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटी बीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र छोङ्ग छिङ्ग सिटीका मेयर हुहङ्ग ह्वाले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतामा दुवै पालिकाले साझा समृद्धि र विकासलाई अभिवृद्धि गर्न व्यापार लगानी, सहरी व्यवस्थापन, संस्कृति, पर्यटन, शिक्षा, कृषि,…

    Read More
  • मुख्य पृष्ठ

    गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

    काठमाडौँ /सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायत मागसहित परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र महान्यायाधिवक्ता कार्यालय विरुद्धको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेकोमा बुधबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दर्ता गर्न आदेश दिएको हो । गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध…

    Read More
  • गाजामा हवाई आक्रमणः दुई हमास नेतासहित पाँच लडाकूको मृत्यु

    तेल अभिभ/हमासको ट्याङ्क प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् । उहाँले गाजा युद्धमा इजरायली रक्षा बल ९आईडीएफ० विरुद्ध आक्रमण र आतङ्कवादी षड्यन्त्रको नेतृत्व गर्नुभएको थियो । इजरायलको आतङ्कवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र गाजा डिभिजनका…

    Read More
  • मुख्य पृष्ठ

    इरानी राष्ट्रपति राईसीको अन्त्येष्टिमा सहभागिताका लागि दशौँ हजार व्यक्ति तेहरानमा भेला

    इरान/गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला भएका छन् । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियनलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैका लागि प्रार्थना गर्ने कार्यक्रम रहेको तेहरान विश्वविद्यालय…

    Read More
  • पैसाले विचार मार्न सक्दैन: विप्लव

    नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले पैसाले विचारलाई कमजोर बनाउन सक्ने भएपनिर मार्न भने नसक्ने टिप्पणी गरेका छन्। बुधबार भक्तपुरको कमलविनायकस्थित सम्पदा प्रेमी रवीन्द्र पुरीले बनाएका कलात्मक मौलिक घरको अवलोकन गर्न आएका उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने ‘पुँजीले विचारलाई सिध्याउन सक्दैन र यही कारण पार्टी २०८४ सालको…

    Read More