Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

    काठमाडौँ/प्रतिनिधिसभाका सांसदहरूले जलवायु परिवर्तनको असर र कृषि सङ्कटको विषय उठान गर्नुभएको छ । संसद्को आजको बैठकमा उहाँहरूले जलवायु परिवर्तनका कारण सुक्खा बढ्दै गएको र यसको मुख्य असर कृषि क्षेत्रमा परेको भन्दै आगामी दिनमा यस्ता समस्या समाधान हुने गरी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । आजको विशेष समयमा सांसद ठाकुरप्रसाद गैरेले वर्षाको समयमा मधेसमा सुक्खा क्षेत्र…

    Read More
  • किसानलाई मलको यथाशीघ्र व्यवस्था गर्न सांसदको माग

    काठमाडौँ/सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरुले मल र खादको व्यवस्था नहुँदा किसानहरु मार्कामा परिरहेको उहाँहरुको भनाइ छ । सांसद देवप्रसाद तिमिल्सिनाले नेपाललाई कृषिप्रधान देश भनिए पनि मल नपाएर देशभरिका किसानहरु समस्यामा परेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधानमा जोड दिनुभयो । सांसद प्रभु…

    Read More
  • प्रतिनिधिसभामा बहुविवाह कानुनी बनाउने तयारीमाथि तीव्र विरोध

    काठमाडौँ/सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कानुनमा बहुविवाहका सम्बन्धमा हुन लागेको नयाँ व्यवस्थाको विषय उठान गर्दै विरोध जनाउनुभएको छ । जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिन लागेको भन्दै कडा आलोचना गर्नुभएको छ । उहाँले बहुविवाहको छुट पाउने विधेयकलाई महिला समानता र संविधानप्रदत्त अधिकारमाथिको कुठाराघात रहेको बताउनुभयो । “पहिलो पत्नीसँग…

    Read More
  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गर्नुभयो । सो…

    Read More
  • बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

    हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायको पहिलो हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए । मुख्यमन्त्री लामाले…

    Read More
  • मुलुकलाई लागुऔषधमुक्त बनाऔँः गृहमन्त्री लेखक

    काठमाडौँ/गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरो कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतीका रुपमा देखिएको बताउनुभयो । “लागुऔषध प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध बढाउँछ । हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागू गरेका थियौँ…

    Read More
  • नाउपाको अध्यक्षमा लालवीर चौधरी चयन

    काठमाडौं/नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । पार्टी अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाएर चौधरीलाई अध्यक्ष बनाइएको हो । संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष छानेको हो । चौधरी रेशमका बुबा हुन् भने रञ्जीताका ससुरा । भेलाले बुधबार रञ्जीतालाई अध्यक्षबाट हटाएको थियो । राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिविधानअनुसार अघि…

    Read More
  • प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति ९एलडिसी ग्रयाजुुएसन०का बारेमा सम्बोधन गर्नुहुने भएको छ । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री…

    Read More
  • नेपाली कांग्रेस संसदीय दलका नेता लामा पराजित

    मकवानपुर/नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाउनु भएको छ । प्रदेशसभामा आज भएको मतविभाजनमा उहाँको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाउनु भएको हो । योसँगै मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ । उहाँविरुद्ध यही गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता…

    Read More
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ/सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा…

    Read More