Breaking News
 | 
  • चितवन सेरोफेरो

    कृष्णभक्त पोखरेल एमाले केन्द्रीय सदस्यमा चयन

    चितवन/ संविधान सभा सदस्य एवम् नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा (एमाले)को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।अधिवक्ता समेत रहेका पोखरेल चितवन २ बाट एक पटक संविधान सभा सदस्य र अर्काे पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व सांसद हुन् । उनी नेकपा एमाले चितवनका पूर्व…

    Read More
  • चितवन सेरोफेरो

    जिफन्ट चितवन जिल्ला समन्वय कमिटीको वार्षिक कार्ययोजना निर्माण

    चितवन/ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) चितवन जिल्ला समन्वय कमिटी को वार्षिक कार्ययोजना निर्माण गरिएको छ । आज सम्पन्न कमिटीको विस्तारित बैठकले वार्षिक कार्ययोजना निर्माण गरेको हो । जिफन्ट चितवन जिल्ला समन्वय कमिटीका अध्यक्ष पुष्करबाबु त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव सुशिल नेपालले गरेका थिए । बैठकमा प्रशिक्षणात्मक मन्तव्य जिफन्ट बागमती प्रदेश कमिटी अध्यक्ष रामहरि…

    Read More
  • अपराध/दुर्घटना

    बासी खानेकुरा बिक्री गर्ने होटेललाई दुई लाख जरिवाना

    धादिङ/होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ । बिक्री गर्न पकाएर राखेको खानेकुरा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा एमालेको वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय

    चितवन/नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ । एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय गरेको हो । बैठकले अधिवेशन गर्न बाँकी रहेका वडाहरुमा अधिवेशनको मिति तोकेको छ । महानगरका २९ वटा वडामध्ये १५ वटा वडाको अधिवेशन हुन बाँकी छ । अधिवेशन…

    Read More
  • चितवन सेरोफेरो

    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

    चितवन/विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो । परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक च्या सोङ्ग थाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ । यसैगरी रु २५ लाख बराबर खर्च गरेर…

    Read More
  • खोलाले बगाउदा ज्यान गुमाएका चेपाङको परिवारलाई कालिका नगरपालिकाले दियो राहत

    रत्ननगर/बिहीवार साँझ ६ः१५ बजेतिर कयर खोलाले बगाउदा ज्यान गुमाएका कालिका वडा नं। १० तुई कराङका ३५ वर्षीया गम्भीर चेपाङ परिवारलाई कालिका नगरपालिकाले किरिया खर्च बापत रु २५ हजार सहित खाद्यन्न, लत्ता कपडा सहयोग गरेको नगर उपप्रमुख बिमला तामाङले जानकारी दिनुभयो । नगरपालिकाको शुक्रवार बसेको विपद् व्यवस्थापन समिति बैठकको निर्णय अनुसार नगरपालिकाले सो रकम प्रदान गरेको…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरको भतेरी जंगलमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

    चितवन/नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय ट्रक एकआपसमा…

    Read More
  • चितवन सेरोफेरो

    भक्तजनले ल्याउने प्लाष्टिक देवघाटको चुनौती !

    चितवन/भक्तजनले ल्याउने प्लाष्टिकजन्य सामग्री देवघाट क्षेत्रको प्रमुख चुनौतीको रुपमा देखा परेको छ । देशका विभिन्न स्थानबाट पूजा अर्चनाका लागि पवित्र तिर्थस्थल देवघाट आउने भक्तजनले ल्याउने प्लाष्टिक जन्य सामग्री चुनौतीको रुपमा देखा परेको हो । मेला महोत्सवका बेला अझ यहाँ अत्यधिक फोहर हुने गरेको छ । अहिले साउन महिनाको सोमबार बोलबम मेलाका लागि टाढा टाढाबाट समेत…

    Read More
  • नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो, दुई बस बगायो

      चितवन/नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ घटना स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको…

    Read More
  • अपराध/दुर्घटना

    सिमताल पहिरो अपडेट स् दुइटा बसका ६५ यात्रु बेपत्ता, पहिरोले अड्किए गोताखोर

    चितवन/नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् ।…

    Read More