एल.आई.सी नै अब्बल विमा कम्पनि


चितवनको नारायणगढमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लि ले आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच एल.आई.सी.ले उत्कृष्ट अभिकर्ता र एजेन्सी म्यानेजर लाई सम्मान कार्यक्रम गरेको हो । कम्पनी सि इ ओ अभिजित घोष, मार्के्टिङ हेड स्मृतिराज कंडेल र शाखा प्रमुख प्रकाश भक्त उपाध्याय सम्मिलित कार्यक्रममा शाखा प्रथम सुधा पौडेल ,दोस्रो ॐ प्रकाश मण्डल तेस्रो भानुभक्त कंडेललाई अवार्ड र दोसल्ला ओढाएर शुक्रबार नारायणगढमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । सोही कार्यक्रममा एजेन्सी म्यानेजर तर्फ शोभाखर अधिकारी ,रामचन्द्र ढकाल ,टिकामान परियार, के.पि. भण्डारी लगाएतलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा आफ्नो मन्तव्य राख्दैं प्रमुख अतिथी तथा कम्पनी सि इ ओ अभिजित घोषले विमाको महत्व बुझाउन सकेमा यस क्षेत्रमा धेरै सम्भावना रहेको बताए । एल.आई.सी.ले नेपालमा आफ्नो प्रभाव बिस्तार गर्दै लगेको बताए । सोही कार्यक्रममा बोल्दैं मार्र्के्टिङ हेड स्मृतिराज कंडेलले नेपालमा एल.आई.सी. नै एक नम्बर विमा कम्पनि रहेको दाबी गरे । उक्त कार्यक्रममा शोभाखर अधिकारी ,के पि भण्डारी ,रामचन्द्र ढकाल ,टिकामान परियारलगाएतले बोलेका थिए ।