सेटिङमा गोरखनाथ धानको बिऊ बजारमा आउँदैं 

चितवन/नेपालमा बर्षौदेखि अबैध रुपमा हाईब्रिड धानको बिउ भन्दै हाईब्रिडको मूल्य लिदैं सामान्य रिसर्चेवल धानको बिऊ सप्लाई गर्दै बजारमा कालोबजारी गरेको भनि गत २ बर्ष अघि मात्र नेपाल सरकारले आयात अनुमतिमा रोक लगाएको गोरखनाथ धानको बिउ नामको अंक फेरीएर फेरी नेपाल भित्र्याउने चलखेल भईरहेको खुल्नमा आएको छ ।
नक्कली काम गरेको भन्दै नेपाल सरकारले आयात सूचीकरणबाट हटाएको गोरखनाथ ५०९ जातको धानको बिउ ललितपुर पुलचोकस्थित हरिहर भवनमा रहेको नेपाल सरकारकै कृषिमन्त्रालय मातहतको विउविजन महाशाखा (नार्क) एचक्युसिसीका केही हाकीमहरुको मिलेमतोमा गोरखनाथ ५१० को नामबाट नेपालमा फेरी आयात अनुमति दिन लागीएको हो ।
नाथ बायोजिन ईण्डीया लिमिटेड औंरङ्गबाद युपिद्धारा उत्पादित नाथ ५०५ नाम बदलिएर ५१० बनेर फेरी बजारमा आउने भएको बिशेष शुत्रबाट खुल्नमा आचएको हो । ल्याब परिक्षण र क्वारेन्टाइन चेक नै नगरी बर्षौबाट बिउबिजन महाशाखा र केही जिल्ला कृषिकार्यालयका भ्रष्ट्र कर्मचारीहरुको मिलेमतोमा यसअघि भित्रिरहेको उक्त धानको बिउ नारायणगढकै एकजना ब्यबसायीले मुधा हालेसंगै गत ३ वर्ष अघिदेखि सो बिउ विक्रिवितरण रोकिएको थियो ।
तर अहिले गैरकानुनी तथा अबैध ठहरिए सँगै नष्ट गरिएको त्यही नक्कली बिउलाई अहिले नयाँ नाम दिएर पुनः आयात गर्ने तयारी भईरहेको खुल्नमा आएको हो । ल्याब टेष्ट, बालीपरिक्षण र क्वारेन्टाइन चेक समेत नगरी भित्र्याइने यस्ता अबैध बिउको कारण किसानका खेतमा लगाइएका बालीहरुमा रोग तथा किराको प्रकोप बढ्ने भएपनि बिउ बिजन सुपरिवेक्षण, सिफारिस, परिक्षण, अनुगमन तथा कार्वाहीको जिम्मेवारी पाएको कृषिमन्त्रालय र मातहतको विउविजन महाशाखाले बिगतबाटैचरम वेवास्ता एवं अनियमितताको कारण सो अबैध बिउ फेरी नाम फेरिएर बजारमा आउन लागेको खुल्नमा आएको छ । महाशाखामा सेटिङ गर्न कृषि बिज भण्डार र एग्रो ईन्टरनेशनल बिरगंजका सञ्चालकद्धय छोटेलाल कलवार र बंकालाल कलवार लागेको समेत बुझिन आएको छ ।
अत्ः नक्कली बिउको आयात र कारोबारमा सेटिङ्ग मिलाउन तल्लीनहरुलाई भ्रष्टचार र अनियमितता गरिरहेको आधारमा अख्तियार, राष्ट्रिय सर्तकता केन्द्र, संसदको सार्वजनिक हित समितिले कार्बाही गर्नुपर्दछ । यस्ता तत्वहरुलाई कार्बाही गराउन आम किसानको लागि काम गर्ने संघ संगठनहरु सचेत र सर्तक रहि राज्यका निकायहरुलाई झक्झकाउन लागि पर्नु पर्ने जरुरी भईसकेको छ ।
भण्डाफोर अभियान साप्ताहिकबाट