कोकजन्य पदार्थ नपिऊ।

चितवन/कोक, फेन्टा, स्प्राईट, पेप्सी, मिरिण्डा, ड्यू लगाएतका चिसो पेय पदार्थले आम मानिसहरुको स्वस्थ्यमा बढी नै मात्रमा नकारात्मक असर गर्ने गरेको पाईएको छ । त्यस्ता पेय पदार्थहरुले क्षणिक लाभ र राहत मिलेकोजस्तो आभास भएपनि जनस्वस्थ्यमा घातक असर पर्ने गरेको जानकारहरु बताउछँन् ।
मोडल तथा पब्लिीसिटी पाएका ब्यक्तीहरुको झुटो प्रचार, आक्रमक एवं मनोबैज्ञानिक बिज्ञापन, आर्कषक बोतल, डिलरहरुलाई चर्को कमिशन, उपभोक्ताहरुलाई लोभ्याउन बिभिन्न पुरुस्कारको ब्यबस्था, राज्यका बिभिन्न पदमा आसिनहरुलाई बेलाबखतमा दिईने उपहारहरुले गर्दा यस्ता पेय पदार्थले नराम्रो असर गर्छ भन्ने कुरा ओझेलमा पर्दै गएकोले पनि यस्तो पेय पदार्थ उत्पादन, सप्लाई र बिक्री बितरण गर्ने तत्वहरु हावी भईरहेका छन् ।
यस्ता पेय पदार्थले गर्दा एकातिर हाम्रो शरिरमा सुगरको मात्रा ह्वात्तै बढाईदिन्छ भने अर्कोतिर कलेजो, मुटु फोक्सो, मिर्गौंला र मष्तिस्कमा समेत नकारात्मक असर गर्ने गरेको बिभिन्न अध्ययहरुबाट खुल्नमा आएको हो । त्यहि भएर अहिले बिश्वमा दिनप्रतिदिन आफ्नो स्वास्थ्यप्रति सचेत मानिसहरुले कोकजन्य पदार्थ पिउन छाडीसकेका छन् ।
कोक, पेप्सी जस्ता पदार्थले हाम्रो शरिरका भित्री अङ्गलाई कसरी नकारात्मक असर गर्छ भन्ने ब्यबहारिक परिक्षण गर्न सकिन्छ । एउटा कोकलाई लिएर आफ्नो ट्वाईलेट सफा गर्न लागियो भने हर्पिकले भन्दा राम्ररी ट्वाईलेट सफा हुन्छ । यस्को मतलब हर्पिकमा जुन तत्व हुन्छ कोकमा पनि त्यहि तत्व हुन्छ, जस्ले हाम्रो कलेजोमा रहेका शरिरलाई अति आवश्यक रसहरुलाई समेत नष्ट गरिदिन्छ । त्यस्तै हाम्रो रगत, मुटु र स्नायूमा समेत कोकजन्य पदार्थले गम्भिर आघात पुर्याउने प्रष्ट बुझन सकिन्छ ।
सानैदेखि बच्चाहरुलाई यस्को बानी पार्दा र खाजा जे खाएपनि कोक भन्ने प्रचारको पछी लाग्दा आफ्नो स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।
बेलैमा सचेत भई समाजमा सचेतना फैलाउन सकेमा मात्र कोक जन्य पदार्थका असरबाट आम मानिसलाई जोगाउन सकिन्छ अन्यथा निरन्तर यस्ता पेय पदार्थको सेवनले रोग निम्त्याउनुपर्दछ ।
बरु कोकजन्य पदार्थको बिकल्पमा कागती पानी, दही,मोही, दुध लगाएतका स्थानिय स्तरमा उपलब्ध केमिकलरहित पेयपदार्थ पिउ ।
अतः कोकजन्य पदार्थ आजबाटै बहिस्कार गरौं ।