ट्रकसँग ठोक्किएर चितवनको गाईघाटवाट दुधको ट्यांकर त्रिशुलीमा खस्यो

दुर्घटनामा दुई जनाको मृत्यु

 

चितवन,माघ २५(

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनर(ट्रक)सँग ठोक्किएर दुध बोक्ने ट्यांकर त्रिशुली नदीमा खसेको छ । आज (विहिवार) विहान साढे पाँच बजे भएको सो दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । उनिहरु ट्याँकरको चालक र सहचालक भएको बताइएको छ ।

नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बर दुधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । ट्यांकर सडकवाट करिव १ सय मिटर तल खसेको र पानिमा थोरै भाग देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको छ ।

शसस्त्र प्रहरी,जनपथ प्रहरी र स्थानियको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।