दुई दिनमा चार बालिका र एक महिला बलात्कार घटनाका उजुरी

महानगरीय पहरी वृत्त जगातीमा दुई दिनमा पाँच बलात्कार घटनाका उजुरी परेको छ ।

जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ सुर्यविनायक नगरपालिका ५ सिर्जनानगरस्थित १४ र १५ बर्षीया दुई बालिका बलात्कृत भएका हुन् ।

प्रहरीले बालिका बलात्कार गरेको आरोपमा सर्लाही बरहथा नगरपालिका १२ जानकीनगर घर भई सिर्जनानगर बस्ने २२ बर्षीया अमीर पण्डित र बानेश्वर बस्ने २१ बर्षीया सञ्जीव रायलाई पक्राउ गरेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।