नेकपा निकट दुई युवा संगठनको आयोजनामा आज रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न।

बैशाख २५/राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु चितवनको संयुक्त आयोजनामा आज रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाको कार्यालय परिसरमा गरिएको कार्यक्रममा ११ महिला सहित १ सय जना रक्तदाताहरुले रक्तदान गरेका थिए । माननीय कन्चन खनालले रगत दियर उद्घाटन गरिएको थियो ।
लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट दुई युवा संगठनहरुले यही बैशाख ११ गते देखि चितवनमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जारी लकडाउनको कारण जिल्लामा रगतको अभाव हुन नदिने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा जिल्ला सदस्य तथा यूवा नेता अनिल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाईरसलाई मध्यनजर गर्दैे सामाजिक दूरी कायम गरि कार्यक्रम सञ्चालन गरिएको थियो । यस्तै कालिका नगरपालीकामा पनि यहि बैशाख २८ गते रक्तदान कार्यक्रम रहेको जानकारी गराउदै रक्तदान जस्तो पवित्र र धार्मीक कार्यमा सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।
नेकपा बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं नेकपा चितवनका ईन्चार्ज कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य कन्चन खनाल, राष्ट्रिय युवा संघ चितवनका संयोजक मधु न्योपाने , अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्य ,रत्नननगर नगरपालिकाका मेयर नारायण वन , उप मेयर विमलादेवि दुवाडी, साविक वाईसीयल पूर्व केन्द्रिय सदस्य एवं रत्ननगर ईन्चार्ज अनिल तामाङ, पार्टी नेताहरु कुलप्रसाद लामिछाने, राजु अम्गाई, संगिता भट्टराई ,ओम लामिछाने, प्रताप ढल्लाकोटी, सरोज भण्डारी , प्रदीप बन्जारा, गणेश पौडेल, सिलन बराल लगायतको सहभागिता रहेको थियो ।