सिमा विवाद अन्त्यको माग गर्दै सेवा र बिकासका लागि युवाद्धारा हस्ताक्षर सहित ज्ञापन पत्र बुझाए ।

चितवन /सेवा र बिकासका लागि युवा टोलिले सिमा विवाद समाधान गर्नको लागि प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाटोलिले चितवनबाट संकलित हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएको हो । संस्थाका अध्यक्ष राजु सापकोटाले ज्ञापन पत्र बाचन गरेका थिए । ज्ञापन पत्र बुज्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यो पत्र सम्माननीय प्रधानमन्त्री समक्ष पुराउने बताए।

हालै भारतले सार्बजनिक गरेको नक्सामा नेपालको भूभाग पनि समाबेश भएपछि देश भरिबाट बिरोध सुरु भएको छ । ।ज्ञापन पत्र बुझाउने क्रममा संस्थाका बिमल पौडेल, सन्देश कंडेल र बिपिन कंडेलको उपस्थिति रहेको थियो ।

उक्त ज्ञापन पत्र पररास्ट्र मन्त्रलाय र भारतीय दुतावासलाई पनि पठाइने छ।