९ लाख घूस सहित सडक डिभिजन इन्जिनियर पक्राउ

श्रावण २४, काठमाडौं । पोखराका डिभिजन इन्जिनियर हरि पोखरेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुको साथबाट ९ लाख घूस रकमसमेत बरामद गरेको जनाएको छ ।

उनीहरु इन्जिनियर पोखरेलको निवास पोखराबाटै बिहीबार साँझ पक्राउ परेका हुन्।

कोइराला घूससहित रंगेहात पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई ६ लाख ७५ हजार घूस रकमसहित बिहीबार दरबारमार्गस्थित शेर्पामलबाट पक्राउ गरेको हो ।

उनले जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घूस लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार कोइरालालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । कान्तिपुरबाट ।