महानगरकोे फोहोर बर्षौबाट नारायणीमा !

सरोकारवाला सबै सधै किन नतमस्तक ?

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र जम्मा भएका सबै फोहरहरु बर्षौंबाट नारायणी नदीमा फाल्ने कार्य स्वंय महानगरपालिकाले गरिरहेको छ । अरुलाई फोहर गर्नुहुन्न भनेर सिकाउनुपर्ने महानगर नैं यसरी गैरजिम्बेवार भई प्रदुषणलाई बढवा दिईरहेको करिब एकदशक भईसक्दापनि बाताबरण संरक्षणको नाममा एनजिओ आईएनजिओ चलाई दाम पचाउनेहरु भने मुकदर्शक बसिरहेका छन् । सरोकारवालाहरु र स्थानिय नागरिकहरुले सक्रिय बिरोध गर्न नसक्दा नेपालको मध्यभागमा पर्ने देशकै सबैभन्दा गहिरो नदि नारायणी नदी र आसपासको क्षेत्र दिन प्रतिदिन प्रदुषित बन्दै गईरहेको छ । फोहरको उचित ब्यबस्थापन बिना भरतपुर महानगर कसरी स्मार्ट सिटी हुनसक्छ ? फोहर फालिएको क्षेत्र भरतपुर महानगरपालिका वडा न. ३ नारायण्ी नदी किनारका एक स्थानियले प्रश्न गरे । उनले भने महासागरमा मिसिने नारायणी नदीमा यसरी बर्षौबाट भरतपुरमा रहेका अस्पतालहरुको फोहर समेत बिना प्रशोधन सिधै नारायणीमा मिसाउदा त्यसले नदीमा रहेका जिबजन्तुहरु त् यसै बिनासको क्रममा जान्छन । साथै नदीको भङ्गालोमा अवस्थीत बनहरुमा आश्रीत गैंडा लगाएतका जिबजन्तुहरुको समेत प्रजनन क्षमता áस हुने तथा बिभिन्न रोगको शिकार हुने क्रम बढने छ, यस बिषयमा भरतपुर महानगर र सरोकारवाला सबै सचेत भई फोहर फाल्ने कार्यलाई तत्काल रोक्नुपर्छ ।
नारायणी नदीको बिचको बगरमा बिना प्रशोधन फालिएको फोहरले नारायणी नदीको साथै चितवन राष्ट्रिय निकुञ्जलाई धेरै असर परेको भएपनि यस बिषयमा राष्ट्रिय निकुञ्ज प्रशासन समेत मुकदर्शक बस्नुले महानगरको गैरजिम्बेवार प्रबृती अझ बढेको हो, अर्का एक स्थानियले भने । नगरबन र अन्य मजुवाहरुमा बिभिन्न प्रजातिका हजारौ जीवजन्तुको बासस्थान छ, उनीहरुको बासस्थानमा दिनप्रतिदिन प्रदुषण बढीरहेको छ, यहाँ नजिक फोहर फालेको कारण बस्तीमा समेत लामखुट्टे लगाएतका किटहरु बढेका छन् अब यस बिषयमा आवाज उठाउनुपर्छ भन्दै ति स्थानियले सबैसँग छलफल गरी शसक्त बिरोधमा उत्रने बताए । भरतपुर महानगरपालिकाले दैनिक ७० टन फोहर नारायण्ी नदीमा फाल्ने गरेको प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद सुबेदीको स्विाकारोक्ती छ ।
यसरी क्यान्सर, एडस, हेपाटाईटिस लगाएतका गम्भिर रोगको औषधी उपचारमा प्रयोग भएका घातक किसिमका फोहोरहरु बिना प्रशोधन निरन्तर नदीमा फालिदा त्यसले मानिसलाई मात्र नभई नारायणी नदीमा आश्रीत माछा, भ्याकुता, गोही चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैडा, हरिण, मृग, बँदेल अजिङ्गर लगाएतका प्राणीहरुमा दीर्घकालिन असर पर्न सक्ने बातावरण विदहरु बताउँछन् । यस बिषयमा गम्भिर बन्न ढिला गर्दा आगामी दिनमा अनपेक्षित नोक्सानहरु ब्योहर्नुपर्ने खतरा रहेको भन्दै बातावरणबिदहरुले चिन्ता ब्यक्त गरेपनि महानगरको यस्तो गलत हर्कतलाई रोक्न नसक्नुमा स्वंय उनीहरु समेत जिम्बेवार रहेको जानकारहरु बताँउछन् ।
सरकारले महानगरलाई २०६८ सालको फागुनमा भरतपुर नजिकैको बरण्डाभार क्षेत्रमा पर्ने जलदेवी सामुदायिक वनमा ल्यान्डफिल साइट निर्माणका लागि १५ बिघा जग्गा दिने निर्णय गरेको थियो । तर अहिलेसम्म त्यो जग्गामा महानगरपालिकाले डम्पिङ साइट बनाउने काम सुरु गर्न सकेको छैन । अप्रिल महिनादेखि डिपीआरको काम थाल्ने भनिए पनि अझै केही गरिएको छैन् । फोहर व्यवस्थापनको नाममा महानगरले नगरबासीबाट मासिक १७ लाख रुपैयाँ सङ्कलन गर्दै आएपनि बजामा कहिलेकाही यत्रतत्र दुईदिनसम्म फोहर छरिएको अवस्था हुँदापनि अनुगमन प्रभावकारी नहँुदा स्मार्ट महानगरमा जताततै दुर्गन्धै दुर्गन्ध सहन महानगरबासी बाध्य छन् ।
यता, नारायणगढको फोहर पानी सहितको ढल समेत सिधै नारायणीमा मिसीने गरेको पाईएको छ । वडा न. एकको नदी किनारको उत्तरपट्टिको क्षेत्रबाट ढल सिधै नदीमा मिसिने गरेको हो ।
यसरी बिना प्रशोधन शहरको ढल नदीमा फालिँदा नारायणी नदी दिनप्रतिदिन प्रदुशित हुँदैं जाने अवस्था उत्पन्न भएको छ । यो बिषयमा न त् महानगरले खासैं चासो दिएको छ, न त् बाताबरणमैत्री शहरको हवला दिदैं डलर पचाउने एनजिओ आईएनजिओहरुले नै यस्तो कार्य रोक्नको कुनै बिरोध गर्न सकेका छन् । आजको भण्डाफोर अभियानबाट