नेपाल कालोसूचीमा पर्ने खतरा ।

ब्याप्त भ्रष्ट्र्चार र अबैध सम्पति आर्जनको श्रोत नखुलाएपनि राजनितीक आडमा कालोधन थुुपार्ने क्रम बढीरहेपनि कार्बाही गर्ने निकायहरु राजनितीक छाँयामा निरिह बन्दै जान थालेपछी नेपाल कालोसूचीमा पर्ने खतरा पैदा भएको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने खतरा बढेको हो ।विभाग कानुनी हैसियत र अधिकारका हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा बलियो छ । तर, हैसियतअनुसार विभागले प्रभावकारी काम गर्न नसकेको कारण यस्तो अवस्था उत्पन्न हुन गएको हो।

‘विभागको अवस्था सुधार नगर्ने हो भने आगामी दिनमा नेपाल एफएटिएफको कालोसूचीमा पर्ने जोखिम छ,’ विभागका एक पूर्वमहानिर्देशकले भने । यो समाचार नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् ।