Breaking News

घर जग्गामा दोहोरो कर जनताको ढाड सेकिदै कर्मचारीले मार्दै तर !!!

मानौं 1 करोड को जग्गा बेच्दा 10% पुँजीगत लाभकर र जगा किन्दा करीव 5% रजिष्ट्रेशन दस्तुर कर करीब 15 लाख सरकारलाई बुझाउनु पर्छ ! ब्यक्तिले छोराछोरी बिदेश पठाउँदा , बिहेबारी गर्दा वा ठूलो रोग जस्तै क्यान्सर , किड्नी आदि जस्तो रोग लाग्दा सस्तैमा घर जग्गा बिक्री गरेर काम चलाउँछन । यदि पैसा बाँकी बसेछ भने पर टाढा गएर जग्गा किन्छन् तर नाफा जति सबै सरकारको करमा जान्छ ।घरजग्गा मा दोहोरो कर ठिक भएन , एउटा कर लियोस ।

मासिक तीन सय तिरे विद्युतीय चुलो, ब्याज शून्य

हंस बहुउद्देश्यीय सहकारीले सदस्यलाई किस्तामा इन्डक्सन र इन्फ्रारेड चुलो दिने, एक वर्ष वारेन्टी भरतपुर, भदौ ९ – खाना पकाउने ग्यासको बढ्दो मूल्य र बारम्बारको अभावबाट सर्वसाधारणलाई राहत दिन चितवनको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई किस्तामा विद्युतीय चुलो उपलब्ध गराउने भएको छ।

संस्थाले सार्वजनिक गरेको “विद्युतीय चुलो किस्ता योजना” अनुसार रु. ३,६०० मूल्य पर्ने इन्डक्सन वा इन्फ्रारेड चुलो सदस्यले मासिक रु. ३०० का दरले १२ किस्तामा भुक्तानी गरी लैजान सक्नेछन्। यसमा कुनै ब्याज लाग्दैन र छुट्टै सेवा शुल्क पनि लिइने छैन। दुवै चुलोमा विक्रेता कम्पनीबाट एक वर्षको वारेन्टी दिइनेछ।

संस्थाले Magnus ब्रान्डको इन्डक्सन चुलो र Orchid ब्रान्डको इन्फ्रारेड चुलो गरी दुई विकल्प उपलब्ध गराएको छ। प्रधान कार्यालय भरतपुरसहित टाँडी, विजयनगर र जितपुर सेवा केन्द्रबाट समेत यो सेवा लिन सकिने संस्थाले जनाएको छ।संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले यो योजना नाफामुखी नभई सदस्यको दैनिक जीवन सहज बनाउने उद्देश्यले ल्याइएको बताए।

उनले ग्यासको मूल्य बढ्दै जाँदा सदस्य परिवारको भान्सा खर्च थेग्नै नसक्ने भइसकेको छ। राम्रो कुरा हो भन्ने थाहा हुँदाहुँदै पनि एकैचोटि रकम तिर्न नसक्दा धेरैले विद्युतीय चुलो किन्न सकेका थिएनन् र त्यही अवस्था हेरेर संस्थाले ब्याज नै नलिई मासिक तीन सय रुपैयाँका दरले चुलो उपलब्ध गराउने निर्णय गरेको हो। उनले यो नाफा कमाउने योजना होइन, सदस्यको भान्सा सहज बनाउने र स्वदेशी बिजुलीको खपत बढाउने अभियान समेत भएको बताए .

त्यसैगरी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाका अनुसार योजनाको लाभ लिन सदस्यता र नियमित बचत अनिवार्य रहेको बताए . उनले चुलोको मूल्य तीन हजार छ सय रुपैयाँ हो र सदस्यले मासिक तीन सय रुपैयाँका दरले बाह्र किस्तामा तिरे पुग्छ। दैनिक हिसाबले करिब दस रुपैयाँ मात्र पर्न आउँछ। संस्थाको शेयर सदस्य भई नियमित बचत गर्दै आउनुभएका सबैले एकै दिनमा यो सुविधा पाउने बताए .

Orchid ब्रान्डका आपूर्तिकर्ता तेजनारायण खरेलले इन्फ्रारेड चुलोमा भाँडाको बन्धन नहुने भएकाले नेपाली भान्सामा सहज हुने बताए। उनले Orchid इन्फ्रारेड चुलोको सबैभन्दा ठूलो विशेषता भाँडाको बन्धन नहुनु हो। एल्युमिनियम, तामा, सिसा वा माटोको भाँडा – जुनसुकैमा पकाउन मिल्छ। रोटी सेक्न पनि उत्तिकै सजिलो छ, त्यसैले पुरानै भाँडा प्रयोग गर्न चाहनुहुने परिवारका लागि यो उपयुक्त हुन्छ। हामीले एक वर्षको वारेन्टी दिएका छौँ र चितवनभित्रै मर्मत सेवा उपलब्ध रहेको बताए .

Magnus कम्पनीकी प्रतिनिधि करिश्मा थापाले इन्डक्सन चुलोले भाँडालाई सिधै तताउने भएकाले ताप खेर नजाने बताउँदै प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा औँल्याइन्। Magnus इन्डक्सन चुलोले चुम्बकीय तरङ्गबाट भाँडालाई नै सिधै तताउँछ, त्यसैले ताप खेर जाँदैन र खाना छिटो पाक्छ। तर प्रयोग गर्दा तीन कुरा ध्यान दिनुपर्छ – पहिलो, चुम्बक टाँसिने समतल पिँधको स्टिल वा फलामे भाँडा मात्र प्रयोग गर्नुहोस्। दोस्रो, चुलोलाई मल्टिप्लग वा कमजोर एक्सटेन्सनमा नजोडी उपयुक्त क्षमताको छुट्टै साकेटमा जोड्नुहोस् र घरमा अर्थिङ छ कि छैन प्राविधिकबाट जाँच गराउनुहोस्। तेस्रो, पकाइसकेपछि सतह पूर्ण रूपमा चिसो भएपछि मात्र नरम कपडाले पुछ्नुहोस्, सिधै पानी नखन्याउनुहोस्। यति कुरा पालना गरे चुलो वर्षौँसम्म नबिग्रिने जानकारी गराइन .

उल्लेख्य छ, नेपालले आर्थिक वर्ष २०८२/८३ मा मात्रै रु. ६० अर्ब २८ करोड बराबरको खाना पकाउने ग्यास आयात गरेको थियो। सरकारले “ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३” मार्फत ग्यासमा दिइँदै आएको अनुदान क्रमशः हटाउँदै विद्युतीय चुलो प्रवर्द्धनतर्फ केन्द्रित हुने घोषणा गरिसकेको छ।
योजनाबारे थप जानकारीका लागि हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रधान कार्यालय भरतपुर–१, शहीद चोक, नारायणगढ (फोन: ९८०२९५६०७६) वा टाँडी (९८०२९५६०५१), विजयनगर (९८०२९५६०५५) र जितपुर (९८०२९५६०७७) सेवा केन्द्रमा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ।