Breaking News

सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४ सय निर्धारण

काठमाडौं/नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (सोमबार) सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेको हो ।

आजका लागि प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन तोलाको दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँ कायम भएको छ ।