आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
काठमाडौं/आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् ।
यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडोयाम ( कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म ) भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सन्चालन हुन्थ्यो ।
मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ ।

