दुईदिनमा ११ हजार २ सयले बढेको सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
काठमाडौं/नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो ।
आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख २६ हजार १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । हिजो (आइतबार) पनि सुनको मूल्य ५६ सयले बढेर प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, चाँदी ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ९८५ मा कारोबार भएको थियो ।

