जेनजी आन्दोलनका नेतृत्वकर्ताको प्रस्टीकरणः संविधान खारेज नगर्ने, संशोधन मात्र
काठमाडौं/जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले संविधानको खारेजी आफूहरूको माग नभएको बताएका छन् । आफूहरूले संविधान संशोधन मात्र चाहेको उनको भनाइ छ ।
संविधान खारेज नगर्ने । त्यसमा कति कानूनको कुरा हुँदो रहेछ, नेशनल सेक्युरिटीको कुरा हुँदो रहेछ, त्यसपछि गीत गाउँदै गुरुङले भने, नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान खारेज गरे वैदेशिक हस्तक्षेपको खतरा बढ्ने बताए ।
आफूहरूको पहिलो माग संसद् विघटन भएको उनको भनाइ छ । उनले आफूहरू सरकारमा नजाने र बाहिर वाचडगका रूपमा मात्र रहने बताए । ुहामीसँग त्यति नलेज छैन, हामी सरकारमा जाँदैनौं । म गएर, मेरो भाइहरू त्यहाँ गएर बस्न सक्दैन । हामी वाचडगको रूपमा बस्नुपर्छ, गुरुङले भने, राम्रो मान्छे जानुपर्छ । हरेक काण्डको छानबिन गर्ने, हरेक नेताको घरको पैसा निकाल्ने । त्यो हो हाम्रो एजेन्डा ।
उनले नेपालकै पहिलो महिला प्रधानमन्त्री बनाएर आफूहरूले इतिहास रच्न लागेको बताए । उनले पुराना पार्टीलाई आफूहरूले निषेध नगरेको भन्दै हस्तक्षेप गरेर नेतृत्वमा आउन युवा नेताहरूलाई सुझाव दिए ।