लाखौं कर छली गर्दै जैसवाल: बर्षौंबाट बेखबर महानगर, घरबेटीहरुद्धारा सटर भाडामा सलामी।
चितवन/भरतपुर महानगरपालिका वडा नं. ३ नारायणगढको मुटु शहिदचोकमा एउटा घर छ, जस्ले भरतपुर महानगरमा तिर्नुपर्ने बहालकर बर्षौंबाट तिरेको छैन् र पनि बेखबर छ भरतपुर महानगर किन ? न जानकारी, न ताकेता न कार्बाही किन ?
जनसामान्यलाई करको डण्डा लगाउने महानगर र वडा कार्यालयले एक दशक अघिबाट बनेको घर जहाँ भाडामा बस्नेले मासिक लाखौं भाडा बुझाउने गर्छन् तर जैसवालले लिने भाडामा न कुनै कर लाग्छ ? लागोस पनि कसरी जब जैसवालले बनाएको घर नै नक्सापास छैन अनि ! संगमरोडमा रहेको उक्त घरमा ब्यापार ब्यबसाय गर्नेहरुले समेत आफ्नो ब्यबसायिक कारोबारको कर छली गरिरहेको हुनसक्ने देखिन्छ ।
यसतर्फ भरतपुर महानगरपालिका र आन्तरिक राजस्व कार्यालयले अनुगमन गर्नुपर्ने देखिन्छ । शहिदचोकबाट बेलचोक जाने बाटोमा चोकबाट जम्मा ५ घर नजिकै रहेको दुईढलान र टस्ट लगाएको उक्त घरमा दर्जनौं सटर र कोठाहरु रहेका छन् जहाँ एउटा सुन पसल, दुईवटा म ः म रेष्टुरेण्ट, एउटा फुडकोर्ट, दुईवटा शैक्षिक परामर्श केन्द्र, एउटा स्केट हाउस लगाएतका आदा दर्जन ब्यबसायहरु सञ्चालनमा छन् । यी ब्यबसायीहरुबाट जैसवालले मासिक करिब ५ लाख भाडा असुल्ने गरेको एक गोप्य श्रोतले भण्डाफोर अभियानलाई जानकारी दिएको छ ।
श्रोतका अनुसार वडा कार्यलयलाई यो घर नक्सापास छैन भन्ने थाहा भएरपनि कार्यालयले आँखा चिम्लीएको हो । वडा कार्यालयलाई अघिल्लो जनप्रतिनिधी हुँदा देखीबाटै जानकारी भएर पनि निरन्तर आँखा चिम्लिने कार्य किन भएको हो ? बुझिनसक्नु छ । दश बर्षको बहालकरको मात्र हिसाब गर्दा लाखौं लाख हुन आउँछ, तर पनि वडा कार्यालय, भरतपुर महानगर कर तथा राजस्व महाशाखा, बाणिज्य बिभाग, जिल्ला प्रशासन कार्यालय लगाएतका अन्य सरोकारवाला निकायहरु के हेरी बसेका होलान भनि आम चर्चा को बिषय बनेको छ ।
यसैबिच यस बिषयमा कार्यवाहक वडा अध्यक्ष कमलादेवी बुलाखीसँग बुझ्दा उनले वडा कार्यालयले तत्काल छानबिन गर्ने बताईन् । यता महानगरका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौंडेलसँग बुझ्दा उनले यस बिषयमा तत्काल अनुसन्धान गरी कार्बाही अगाडी बढाईने बताए ।
सटर भाडामा सलामी
नारायणगढका घरबेटीहरुले सटरका ब्यबसायीको सहमति वा असहमतिमा सटर खाली गराई नयाँ भाडावालहरुसँग मोटो सलामी लिने गरेको खुलेको छ । बिशेष गरी सुन पसलेहरुले ठाँउ किन्न ५० औं लाखसम्म सलामी दिने गरेको अध्ययनले देखाउँछ ।
जैसवालले समेत ब्यबसायीहरुबाट मोटो सलामी खाने गरेको बुझ्नमा आएको छ । जैसवालले मात्र होईन बजारका अधिकांस घरबेटीले सलामी खाने गरेका छन् । भण्डाफोर अभियानलाई प्राप्त एक सुचना अनुसार गत् बेशाख यता शहिदचोकमा मात्र एक पिया र अर्का चुके साहुले नयाँ ब्यबसायीबाट बिसौ लाख सलामी खाएको बजार चर्चा छ । यसबारे हामी थप खोजी गर्ने नै छौं ।
साथै कसरी सलामी खाने गर्छन घरबेटीहरुले, के यो कानुन सम्मत छ ? अनि बहालकर कसरी छली गरिरहेका छन् ? के यी साहुहरुले आय कर तिरेका छन् त् ? खोतल्दै कर छली गर्नेहरुलाई कर तिर्ने बनाउदै लाने हाम्रो अभियान अघि बढने नै छ ।