यातायात कार्यालय भरतपुरमा घुसखोरीः उस्तै अख्तियार आयो गयो, झन लुटपाट र सन्देह बढ्यो
घुस्याहाहरु जोगाउन चलखेल !
चितवन/मालदार अडडको नामले परिचित चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा गत् जेठ ३० गते शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारी चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढाप घर भई भरतपुर महानगरपालिका–११ कैलाश टोल बस्ने यातायात कार्यालयका कार्यालय सहयोगी बर्ष ४९ का इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठकलाई केही नगद सहित पक्राउ गरको थियो ।
भ्रष्टाचार, अनिमितता र घुसकेन्द्रको रुपमा जिल्लामा बदनामी कमाएको उक्त कार्यालयमा अख्तियारले छापा मारेपनि एक पियन र बिचौंलीया नामका सर्बसाधारणलाई मात्र पक्राउ गरी ठुलै ख्याती कमाएको जस्तो प्रचार पनि भएको थियो । कार्यालयका प्रमुख बिष्णुकुमार भट्टराई सहितका उपल्लो तहका कर्मचारी र केही ठुला ड्राईभिङ्ग ट्रायल सेन्टरका मालिक तथा कर्मचारीहरुको मोबाईल समेत अनुसन्धानको लागी जफत गरेको थियो ।
कार्यालय सहयोगी गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद समेत बरामद गरेको अख्तियारले कार्यालय प्रमुख बिष्णु भट्टराई लगायत अन्य २२ जना कर्मचारीहरुसङ्ग सोधपुछ गर्नुका साथै उनीहरु सहित महालक्ष्मी ड्राइभिङ सेन्टर लगाएतका सञ्चालकहरूको समेत विद्युतीय उपकरणहरू ३१ थान मोबाइल, २ थान ल्यापटप र महत्त्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिएको साथै फर्की फर्की छापा मार्ने अख्तियारले अहिलेसम्म थप अनुसन्धानको निम्ती भनि कार्यालय प्रमुख, अन्य कर्मचारी, बिचौंलिया र ड्राइभिङ सेन्टरको कोही कसैलाई नियन्त्रणमा लिन सकेको छैन् ।
अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको मिलोमतोमा महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर लगायतले फेल भएका परीक्षार्थीसँग रकम असुल गरी फेल भएका परीक्षार्थी उत्तीर्ण गर्ने गराउने गरेको साथै कार्यलयमा व्यापक रुपमा बेथिति र अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको आधारमा थप अनुसन्धान गरि कार्बाही गरिएको जनाएको थियो ।
तर लाईसेन्समा कुनै जिम्बेवारी नै नभएका पियन इन्द्रजित गुरुङलाई अख्तियारले पक्राउ गर्ने अनि लाईसेन्समा बर्ग अनुसार १५–२५ हजार देखि ५०– ६० हजार रुपियाँसम्मको घुस लिने मतियार, कर्मचारी र कार्यालयका प्रमुख अनि केन्द्रअध्यक्षलाई अनुसन्धानको पहिलो घेरामा नराख्नुले अख्तियारको टालीकै भुमिका माथी समेत अनेकौं प्रश्नहरु तेर्सिएको छ ।
शक्तिशाली दलाल र बिचौंलिया अनि कार्यालय प्रमुखको ईशारा बिना के एउटा नाथे पियन र केही बिचौलियाले मात्र यत्रो घुसखोरीको महाभारत सञ्चालन गर्न सक्छन् ? अख्तियारको टोलीले अहिलेसम्म कार्यालय प्रमुख, केन्द्राध्क्ष, ड्राइभिङ सेन्टरको आबरणमा सेटिङमै आम सर्बसाधारण जनताको खुनपसिना लुट्न सक्रिय तत्वहरु र अन्य बिचौलियाहरुलाई किन पक्राउ गरेन ? अहिले चितवनमा सबत्र यहि चर्चा छ ।
सवारीचालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्दा फेल भएका परीक्षार्थीलाई उत्तीर्ण गरी वर्ग अनुसार १५–२५ हजार देखि ५०– ६० हजार रुपैयाँसम्म रकम असुल गरी भ्रष्टाचार गरेको भन्ने बिश्वासिलो सूचनाको आधारमा छापा मारिएको अख्तियारले जनाएपनि कार्यालयमा पियन गुरुगं सवारी अनुमति शाखामा नभई उनी पटके र जाचँपास शाखामा कार्यारत थिए भन्ने सम्म भेउ नपाएको हो की अर्को सेटिङको जालो फालेर गएको हो त्यस्को कालान्तरमा पर्दा खुल्ने नै छ ।
केही शक्तिशाली घुस्याहा कर्मचारी र शक्तिशाली जनलुटेरा बिचौंलीहरुलाई छुन नसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान चलिरहेको बताएपनि आम जनताले बिश्वास गर्ने शैली नदेखिएको एक सेवाग्राहीले भण्डाफोर अभियानसँग गुनासो गरे । उनले अगाडी भने अख्तियारमा गएकाहरु पनि हिजो सरकारी सेवामा रहँदा देखीको उनीहरुको बानी नसुध्रिएको देखिन्छ । त्यति आशावादी त् हुन सकिन्न त्यहि पनि हेरौ उनले भने ।
घुस्याहाहरु जोगाउन चलखेल !
यसैबिच यातायात ब्यबस्था कार्यालय भरतपुरका प्रमुख बिष्णु कुमार भट्टराई सहितका घुस्याहाहरुलाई जोगाउन करोड बढीको चलखेल भएको हुनसक्ने श्रोतले जानकारी दिएको छ । अख्तियार आयो गयो केही हुदैन भन्दै दिनदहाडै फेरी लुटपाट शुरु भैरहेको सेवाग्राहीहरुको गुनासो बढेको छ ।
भण्डाफोर अभियानलाई एक गोप्य श्रोतले दिएको जानकारी अनुसार यातायात कार्यालयमा फेरी लुटधन्धाको नयाँ खेलो भैरहेको छ । लुटको हिस्सा माथीसम्मै बाँड्ने गरी नयाँ सेटिङ्ग भैसकेको श्रोतको दाबी छ । श्रोतका अनुसार तल्लो तहका कर्मचारीलाई फसाएर उपल्लो तहका घुस्याहा कर्मचारी र कार्यलय प्रमुखलाई जोगाउने र घुसको रकम जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म बाँडफाड गर्ने गरी नयाँ सेटिगं भैरहेको बुझनमा आएको छ ।
यसैबिच, यातायात कार्यालयको घुसकाण्ड र अख्तियारको छापाको बिषयमा बुझ्न खोज्दा बागमति प्रदेशका यातायात सचिव बिरेन्द्र देव भारतीले अख्तियारको अनुसन्धान भैरहेकोले अहिले हामीले त्याहाँ केही बोल्न र गर्न मिल्दैन भने ।
केही लाख धरौंटीमा छुटे गुरुङ।
अख्तियारले ठूलै धमाका दिए झै गत जेठको ३० मा यातायात कार्यालय भरतपुरमा छापा मारेको थियो । छापामारी कार्यालय सहयोगी इन्द्रजित गुरुङ र अर्का एक सर्बसाधारणलाई पक्राउ गरेको थियो । उनीहरुलाई अख्तियारले गत् अषाढ २४ मा केही लाख धरौंटीमा छाडेको छ । गुरुङ गत हप्तादेखि नै कार्यालयमा काममा फर्किएका छन् ।
मेडिकलमा अझै कमिशन
यातायात कार्यालय भरतपुरमा सवारी साधन अनुमति पत्रको लागी गरिने मेडिकलमा अझै अनिमितता भैरहेको छ । तत्कालिन गृहमन्त्रीको निर्देशन र प्रदेशको निर्देशिकालाई समेत लत्याउदै अहिले पनि मेडिकलको नाममा लुटपाट भैरहेको छ । अझै अनेक बहानामा सेवाग्राहीलाई लुटन यातायात कार्यालय लागीरहेको छ तर बागमति प्रदेश कार्यालय अख्तियार देखाएर कानमा तेल हालेर सुतेको छ ।
जाँचपासमा उस्तै
सवारी साधनहरुको मेकानिकल परिक्षणको नाममा यातायात कार्यालय भरतपुरमा अहिलेपनि घुसखोरी र अनिामितता भैरहेको छ । कार्यालयका बरिष्ठ मेकानिकल ईन्जीनियरले सवारी साधन हेर्नुभन्दा पनि रकम हेर्ने गरेको बुझिएको छ । सवारी साधन नै नल्याईकन नै नोटको भरमा ब्यबसायीहरुको सवारी जाँचपास भैरहेको भएपनि नियामक निकायहरु नै भाग शान्तीमा लगेका हुन की भन्ने आम प्रश्न उठिरहेको भएपनि त्यस्को जवाफ आएको छैन् ।
पटकेमा शास्ती र मस्ती
२४ सै घण्टा चल्ने पटकेमा समेत जोरजर्बजस्ती हुने गरेको आम यातायात ब्यबसायीहरुको गुनासो छ । चितवनका एक ट्रक ब्यबसायीले भने रातीको समयमा यो मिलेन त्यो मिलेन भनेर घण्टौं कुर्नु वा बाटो बाटोमा ट्राफिकको लफाडामा पर्नुभन्दा २०० । ५०० यँहि बुझाएर जाँदा राम्रो भनेर अधिंकास ब्यबसायीले पटकेमा लाग्ने रकम भन्दा थप रकम बुझउने गरेको स्विकार गरे । यसरी पटकेमा समेत ब्रम्हलुट भै रहेको स्वंय यातायात कार्यालयकै अन्य कर्मचारीहरुको पनि स्विकारोक्ति देखिन्छ ।
नबिकरणमा अनियमितता
अक्सर बिदेश गएकाहरुले लाईट वा हेबीको लाईसेन्स नबिरकण गर्न कार्यालयमा नआएर आफ्ना कोही प्रतिनिभधीलाई पठाएर नबिकरण गर्ने कार्य समेत भैरहेको र यसरी लाईसेन्स नबिकरण गर्दा ५०औ हजार लिने गरेको समेत श्रोतको दाबी छ । युयसछ । युरी नबिकरण गर्दा एउटा लाईट लाईुेन्समा ५० सम्म
सबै ठाँउमा ब्रम्हलुट
यातायात कार्यालय भरतपुरमा सकेसम्म सेवाग्राहीलाई सबैठाँउमा लुट्ने कार्य भैरहेको छ । आफ्नो सवारीसाधनको कर तिर्न जाँदासमेत सेवाग्राहीहरु अझसम्म लुटिनुपर्ने अवस्था हुनु लाजमर्दो बिषय हो । तर यहि भैंरहेको छ । सारमा भन्दा भरतपुर यातायात कार्यालयमा अहिलेपनि तरदेखि माथीसम्म मिलेमतोमा ब्रम्हलुटभैरहेको छ, यसलाई रोक्न अख्तियार मात्र भन्दा पनि सेवागा्रही आम ब्यबसायी र जनता स्वंय संघर्षमा उत्रनुपर्ने दिन नआउला भन्न सकिन्न ।
अतः भ्रष्ट र घुसखोरहरुमाथी कडा कार्बाही होस् । भ्रष्टाचार देशको मुख्य शत्रु हो यसलाई रोक्न अख्तियार लगाएतका नियामक निकायका नेतृत्वले यो बिषयमा कुनै लोभ लालच वा दबाब र प्रभावमा नपरी भ्रष्ट र घुसखोरहरुमाथी कडा कार्बाही होस्, आम सर्बसाधारण नागरिक अझै आशावादी छन् । भ्रष्टाचारबिरुद्ध सबै सरोकारवाला हातेमालो गरी देशको क्यान्सर निर्मुल पार्न लागीपरौं ।