अभौतिक मुद्रा Crypto Currency कारोबार गर्ने २ जनापक्राउ

सामाजिक सञ्जालFacebook Page तथा Telegram Group मार्फतसमिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालितफर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा Online Job लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारीविभिन्न बैंक खातामा नगद रु. २३,१५,०००।- (अक्षरेपि तेइस लाख पन्ध्र हजार) जम्मा गर्न लगाई ठगी गरेको भन्ने निवेदनका आधारमा उक्त कार्यमा संलग्न तपसिलमा उल्लिखित २ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंको माइतिघरबाट नियन्त्रणमा लिइ प्रारम्भिक अनुसन्धान गर्दा निजहरूले रु.१,३१,६२,६७५।-(अक्षरेपि एक करोड एकतीस लाख बयसट्ठी हजार छ सय पचहत्तर) रुपैयाँ बराबरको अभौतिक मुद्रा Crypto Currencyको कारोबार गरेको समेत देखिएको, सो सम्बन्धमा थप अनुसन्धानका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ३ (तीन) को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको ।

पक्राउ परेका प्रतिवादीहरूः
१. जिल्ला धादिङ, थाक्रेगाउँपालिका ५ घर भइजिल्ला काठमाडौं,कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने वर्ष १९ को समिर तामाङ
२. जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बस्ने वर्ष १९ को क्रिस पोखरेल