एमाले रत्ननगर ९ को अध्यक्षमा तेश्रो पटक पनि लेखनाथ आचार्यको नेतृत्वमा

चितवन/चितवनको रत्ननगर नगरपालिका ९ नेकपा एमाले वडा कमिटीको अध्यक्षमा पुनः लेखनाथ आचार्य चयन भएका छन्  । आज सम्पन्न १० औं वडा अधिवेशनल सर्वसम्मतीबाट आचार्यलाई लगातार तेश्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । २३ सदस्यीय कमिटीको उपाध्यक्षमा मन बहादुर थापा मगर, सचिवमा छन्दप्रसाद तिमिल्सना, उपसचिवहरुमा ज्ञानु पौडेल, प्रतिमा पौडेल चयन भएकी छन् । यसैगरी कार्यालय सचिवमा सरस्वती चौधरीलाई नियुक्त गरिएको छ  ।  नेकपा एमाले केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य सुर्यप्रसाद लामिछाने, वागमती प्रदेश कमिटी सदस्यहरु नारायण वन, राजाराम रेग्मी, कुलप्रसाद लामिछाने, लक्ष्मी कोइराला, पार्टी नगर अध्यक्ष इश्वरी अर्याल, जिल्ला कमिटी सदस्य केशव आचार्य, नगर कमिटी उपसचिव सागर मिश्र, अनेरास्ववियु जिल्ला कमिटी सचिव अमित आचार्य लगायतको उपस्थिति रहेको थियो ।