भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्धारा स्रष्टालाई सम्मान

चितवन/भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेकोछ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा प्रतिष्ठानका कुलपति रेनु दाहाल, महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपकुलपति इन्द्र रेग्मीले संयुक्त रुपमा  स्रस्टाहरूलाई सम्मानतथा पुरस्कृत गर्नुभएको थियो । प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्नसम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएकोहो । सम्मान कार्यक्रममा भरतपुर प्रज्ञा सम्मान प्रकाश थापा “प्रथा”लाई सम्मान गरिएको हो ।
 
भरतपुर–४ चितवन निवासी थापालाई  ५० हजार७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मानप्रा.डा. कर्णबहादुर बानियाँलाई प्रदानगरिएको छ । भरतपुर– १२ निवासी बानियाँलाई  ५० हजार ७८ रुपैयाँ दोसल्ला र प्रमाण–पत्रप्रदान गरिएको थियो । त्यसैगरी पुरस्कारतर्फ चित्रवन प्रज्ञा पुरस्कार डि.आर. पोखरेललाई प्रदान गरिएको छ ।
 
संस्कृतिको सोपानमा चितवन कृतिका लागि भरतपुर–१० निवासी पोखरललाई ५०हजार ७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो ।। त्यस्तै वागीश्वरी प्रज्ञा पुरस्कार सिम्रन क्षेत्रीको  झुमर उपन्यासलाई दिइएको छ । भरतपुर–१ नारायणगढ निवासी क्षेत्रीलाई रु. २५ हजार ७८, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य)जगन्नाथ पण्डितको घरबारीमा तोरी फुल्यो कविता संग्रहलाई दिइएको छ । पुरस्कारको राशि रु. २५ हजार ७८ रुपैयाँ सम्मान पत्र रहेको छ । त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेव खनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ ।
 
पुरस्कारको राशि रु. २५हजार ७८ र सम्मान पत्र रहेको छ । त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको अन्तिम पथ शीर्षकको कथा सर्वोकृष्ट बनेको थियो । लम्साललाई रु. ४० हजार ७८ र प्रमाणपत्रले पुरस्कृतगरियो । लमजुङकी अनिता पन्थीको मृत्युको अपिल शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई रु. ३० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो ।
 
त्यस्तै काभ्रेका समीप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान गरेकोछ । खड्कालाई रु. २० हजार ७८ र प्रमाण पत्रले पुरस्कृत गरियो । त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को पहिचान  र राधिका कल्पित (राधिका गौतम पौडेल) को अब लजाउँदैन लज्जावती शीर्षकका कथाले प्रोत्साहन स्थान हासिल गरे । दुबैलाई जनही रु. १० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो । प्रतिष्ठानले “मेरो सपनाको भरतपुर” शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्धप्रतियोगिता २०८० आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारी रवि को निबन्ध सर्वोकृष्ट घोषित रहेको थियो । तिवारीले रु. १० हजार ७८ रप्रमाणपत्र प्राप्त गर्नुभयो ।
 
त्यस्तै अनुस्का न्यौपानेको निबन्ध उत्कृष्ट रह्यो । उनले रु.८ हजार ७८ र प्रमाणपत्र पाउनुभयो ।त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ । उनलाई रु. ६ हजार ७८ र प्रमाणपत्र दिइयो ।त्यस्तै प्रोत्साहन पुरस्कार प्राप्त गरेका   सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही रु. ४ हजार ७८ र प्रमाणपत्र दिइएको छ । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।