मिडिया क्षेत्रका समस्या सम्बोधन गर्न राज्य उदासिन हुन नमिल्ने

धनगढी/जनपत्रकार संगठन नेपाल, सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा भएको अन्तर्क्रियामा सहभागी वक्ताहरुले आर्थिक संकटका कारण पत्रकारिता तथा मिडिया जगतमा आएको विद्यमान चुनौतिको सम्बोधन गर्न राज्य उदासीन हुन नमिल्ने बताएका छन् । शुक्रबार धनगढीमा आयोजित कार्यक्रमका वक्ताहरुले संकट समाधान गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी जनपत्रकार संगठनका अध्यक्ष शेर बहादुर विश्वकर्माले देशमा पछिल्लो समयको कोरोना महामारीका कारण अर्थतन्त्र धरासायी भएको बताए । विश्वकर्माले भने,“व्यवसाय घाटामा गए सबैभन्दा पहिला विज्ञापन कटौती हुन्छ र यसको मारमा प्रत्यक्ष रुपमा आमसञ्चार रहेको छ ।”देशको राजनीतिक अस्थिरतका कारण मिडिया प्रणाली गतिलो हुनु सकेको छैन मिडिया कमजोर हुनु भनेको नागरिक अधिकार कमजोर हुनु हो र नागरिक अधिकार कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, अध्यक्ष विश्वकर्माको भनाइ थियो । उनले विगतको समयमा राजनीतिक व्यवस्था परिवर्तनमा मिडियाले ठूलो भूमिका खेलेको र अब सञ्चारको क्षेत्रमा नयाँ बहसको आवश्यकता रहेको बताए । हिजोको आमसञ्चारको आवश्यकता गणतन्त्र स्थापना थियो अबको मिडिया क्षेत्रमा बहस समाजवादको लागि हुनुपर्नेमा उनले जिकिर गरे । वर्तमान आमसञ्चार क्षेत्रमा देखिएका चुनौतिको समाधान गर्न राज्यका निकायहरुको तत्परता देखिनुपर्ने अध्यक्षको भनाइ थियो ।

अन्तर्क्रियामा सहभागी सुदुरपश्चिम प्रदेश संसदीय तथा कानून मन्त्रालयका सचिव सुशील वैद्यले प्रदेश सरकारले मिडियाको संकट समाधान गर्न प्रयारत रहेको बताए । उनले प्रदेशले मिडिया लक्षित लोककल्याकारी विज्ञापन प्रदान गर्दै आएको जनाएका छन् । सचिव वैद्यले पत्रकारको क्षमता अभिवृद्धिका लागि पनि सुदुरपश्चिम प्रदेश पत्रकार महासंघ संग सम्झौता गरी कार्यान्वयनको चरणमा रहेको बताए । पत्रकारको पेसागत हकहितको संरक्षण गर्न मन्त्रालय जिम्मेवार रहेको उनको भनाइ छ ।त्यस्तै अर्का वक्ता मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीले सुशासन र मानव अधिकारको प्रत्याभूतिका निम्ति मिडिया क्षेत्रको योगदान दिदै आएको बताएँ । उनले सम्बोधनका क्रममा भने ,“नागरिकका मुद्दालाई चित्रण गर्ने आमसञ्चारको पछिल्लो समयमा देशको आर्थिक र राजनीतिक स्थितिका कारण समस्या झेल्नु परेको छ । तर राज्यको विरुद्ध हुने संस्थाप्रति राज्यको असहयोग पनि रहने गर्दछ किनभनें मिडिया क्षेत्र राज्यका निकायलाई जिम्मेवार बनाउन लागि परेका हुन्छं ।”पछिल्लो समयमा मिडिया प्रतिको बढ्दो अविश्वसनीयता कारण पनि आमसञ्चारमा चुनौती देखिएको ज्ञवालीले जनाए । मिडियाले नयाँ ढंगबाट आफूलाई उभ्याउन नसक्नु पनि यस क्षेत्रको संकटको कारण हो , उनले भने । पत्रकारको सुरक्षाका विषयमा मानव अधिकार आयोग संवेदनशील रहेको ज्ञवालीको भनाइ थियो ।

अन्तर्क्रियामा बोल्दै पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले पत्रकारिताको क्षेत्रमा भएको राजनीतिक सम्बद्धता हट्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले आमसञ्चार नीति ल्याउनमा ढिलाइ गरेको अध्यक्ष जोशीले बताए । पत्रकारितालाई विश्वनिय र मर्यादित बनाउन महासंघ सबै संग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए ।प्रेस युनियन सुदुरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वारले अहिले मिडियाको क्षेत्र हेर्दा सन्तुष्ट हुन् सक्ने अवस्था नभएको बताए । “देशमा संविधान विरोधी गतिविधि हुनु राजनीतिक संकट निम्तिनु हो , अहिले नेपाली कांग्रेसको महासमिति बैठकले हिन्दू राष्ट्रको नाममा हस्ताक्षर गर्नु नै संविधानको धर्म निरपेक्षता विरोधी कार्य हो देशमा भइरहेका यस्तै कामले राजनीतिक संकट बढ्दो रहेको संकेत गर्छ , स्वारले भने । मिडियाको क्षेत्रलाई चुस्त दुरुस्त बनाउन स्थानीय र प्रदेश सरकारलाई बढी उत्तरदायी बनाउन तथा आमसञ्चार नीति ल्याउनमा जोड दिनुपर्ने जिकिर गरे । सक्रिय दलित पत्रकार संघ सुदुरपश्चिम प्रदेश उपाध्यक्ष प्रदीप मालासी देशमा आर्थिक चपेटामा परेका बेला सञ्चारमाध्यमले पनि चुनौती खेप्नु बाध्य रहेको बताए ।

‘पत्रकारिता क्षेत्रमा पत्रकार राजनीति बाट टाढा हुनुपर्नेमा यसबाट अछुत हुन् नसकेको उनले भने ।’ प्रेस चौतारीका प्रतिनिधि कृष्ण ओलीले पत्रकारिताको ठोस बहस नहुनु दुखत रहेको बताए । उनले सत्ता नजिक हुने कुरा गर्ने काम नगर्ने प्रवृत्तिको अन्त्य हुनु आबस्यक रहेको बताए । यस्ता विषयमा पत्रकार महासंघले छलफल गराउनु पर्नेमा महासंघ सदस्यताको राजनीतिमा मात्रै लिप्त रहेको उनको भनाइ थियो । विषयमा जनपत्रकार संगठनले उठाएको विषयमा उनले समर्थन स्वीकार्दै आगामी दिनमा मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गरे । यस्तै इन्सेक धनगढीका कार्यकारी प्रमुख कृष्ण विकले पनि देश समाजको आर्थिक राजनीतिक चेतनाको ठूलो समस्या छ जसको प्रभाव सबैतिर रहेको जिकिर गरे ।

सरकारलाई पेसागत सुरक्षाका विषयमा बढी जिम्मेवार बनाउनु पर्नेमा जोड दिँदै बजेट निर्माणका सन्दर्भमा पत्रकारको क्षमता अभिवृद्धि गर्न ध्यान दिनुपर्ने जनाए ।सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष गणेश नेपालीले पत्रकारिता पेसा खस्कदो , विचार र अभव्यक्तिको रक्षाका विषय,मिडियाकर्मी र मिडियालाई व्यवस्थित कसरी गर्ने भन्नेमा सबैले जिम्मेवार र दृष्ट भएर प्रस्तुत हुनु पर्ने बताए । त्यस्तै बार एसोसिएसन कैलाली जिल्लाका सचिव रमेश विष्टले आमसञ्चार सम्बन्धी भएका कानून कार्यान्वयनमा जोड दिए ।

अन्तर्क्रियामा जनपत्रकार संगठन नेपाल, सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष धर्म विकको अध्यक्षता रहेको थियो भने कार्यक्रममा नेकपा केन्दीय सदस्यद्वय विमल सी , कमल सी तथा अखिल समाजवादीका कोषाध्यक्ष बबर सी लगायत अन्य सरोकारवाला निकाय सहभागी थिए ।