जिल्ला प्रहरी कार्यालय चितवन बार्गेनिङ्खको केन्द्र बन्दैं : आई.सि. एफ.सि. बैंकका कर्मचारी सम्लग्न बलात्कार काण्डलाई कम्जोर बनाउने चलखेल !

चितवन/चितवनको भरतपुर स्थित एक होटेलमा आई.सि. एफ.सि. बैंकका कर्मचारी बैंकको कार सहित सम्लग्न सामूहिक बलात्कार काण्डलाई कम्जोर बनाउने चलखेल भईरहेको खुल्नमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा गत् मिती २०८० फागुण ११ गते पिडीतको जाहेरी लिर्ई आरोपितहरुलाई पक्राउ गरेको चितवन प्रहरीले सो सामूहिक बलात्कार काण्ड बारे अहिलेसम्म सुचना सार्बजनिक नगरिकन हिरासतमा राख्नुले प्रहरीप्रति समेत शंका उब्जीएको हो ।
गत् फागुण ६ गते राती भरतपुको एउटा नाईटकल्बबाट आई.सि. एफ.सि. बैकका म्यानेजर लेबलका ३ जना कर्मचारीहरुले एक युवतीलाई बैंककैे सेतो नेक्शन कारमा जर्बजस्ती उठाई नारायणगढको एक होटेलमा लैजान्छन् । उनीहरुले नशामा रहेकी ति युवतीलाई पालैपालो करणी गर्छन् । युवती स्वंय नशामा भएकोले प्रतिक्रिया दिन असर्मथ हुन्छिन् ।
बिहान आफुलाई होस आएपछी प्रतिक्रिया गरेपछी बिहान ४ बजे नैं होटेल खाली गराई युवतीलाई उनीहरुले बाहिर छाडीदिन्छन् । युवती आफु सामुहिक करणीमा परेको पिडा आफु निकट सहयोगीलाई शेयर गर्छिन् र यस्तो घटनामा चुप बस्न नहुने निश्कर्ष सहित प्रहरीमा जाहेरी दिन जान्छिन् ।
प्रहरी कार्यालयमा जाहेरी दिँदा शुरुमा जाहेरी लिएपनि पछी केही बिचौंलियाहरुको दबाबमा मुध्धा फिर्ता लिन लगाईन्छ । सके जाहेरी फिर्ता गराउने, नसके मुध्धालाई कमजोर बनाउने मिशन अन्र्तगत सत्ताधारी दल निकटका ति जानेमाने बिचौलियाले दबाब बढाउछन् ।
प्रहरी प्रशासनमा समेत प्रभाव र पहँुच भएका ति बिचौंलियाको नेतृत्वमा लाखौंको बार्गेनिङ्कको चलखेल भएपनि युवतीले नमानेको कारण मुध्धा अगाडी बढ्छ । चितवन प्रहरीले म्याद थप गरेपनि बिचौंलियाको प्रभावमा मुध्धा कम्जोर बनाउने काम भईरहेको श्रोतको दाबी छ ।

शकंकाको घेरामा प्रहरी
अन्य साना तिना घटनालाई सार्बजनिक गरी काम देखाउने चितवन प्रहरीले यो घटनालाई गुपचुप बनाउनुले प्रहरी तर्फ समेत चलखेलको प्रभाव परेको शंका गर्ने ठाँउ भेटिन्छ । प्रहरी कार्यालयको सुचना पाटी देखि प्रहरी मिडीया ग्रुप र चितवन प्रहरीको फेसबुक पेज कतै यो घटनाबारे केही उल्लेख छैन् ।
जबकी यस्तै घटनामा सम्लग्न सर्बसाधरणहरुका सन्दर्भमा भने यस अघि प्रहरीले घटना पिडीतको नाम गोप्य राखी अर्को नाम दिएर घटनाबारे मिडीयालाई जानकारी दिने वा पेजमा राख्ने गर्दथ्यो । अर्को तर्फ प्रहरीले घटना बारदातमा प्रयोग भएको आई. सि. एफ. सी बैंकको बागमति प्रदेश ०१ ०२७ च २१५० नं. को सेतो नेक्शन कारलाई अनुसन्धान पुरा हुनु अघि नैं छाडीदिएर बैंकको सेवा गरेको देखिन्छ ।
हत्या, बलत्कार, चोरी, लगाएतका गम्भिर फौंजदारी अपराधमा सम्लग्न प्राईभेट सवारीलाई अनुसन्धान अघि नै छाड्न नमिल्ने कानुनी ब्यबस्था र नजिरहरु छन् । तर चितवन प्रहरीले सत्ताधारी बिचौंलियाको प्रभावमा परी बैंकको नाम नआओस भनि कार छाडीदिएको चितवन प्रहरी निकट श्रोतले भण्डाफोर अभियान साप्ताहिकलाई जानकारी दियो ।

प्रहरी आफै न्यायधिश
बारदातमा सम्लग्न एक म्यानेजर जो युवतीलाई सँगै कारमा लैंजाने कार्य र जस्को नामबाट होटेलमा रुम बुकिङ्क समेत भएको छ, उनलाई सामान्य सोधपुछ गरी छाडिदिएको छ ।
पुर्बि चितवनमा रहेको आई. सि. एफ. सी बैंकका ब्रान्च म्यानेजरलाई किन त्यसै छाडियो भन्ने प्रश्नले चितवन प्रहरी थप शंकाको घेरामा परेको छ । गम्भीर अपराधमा जोडिएका ति ब्यक्तिलाई अदालतसम्म पुर्याई अदालतबाटै सफाई दिलाउुपर्नेमा प्रहरी आफै न्यायधिश बनी ती म्यानेजरलाई उन्मुक्ति दिएकोले प्रहरी आफैंले शंका गर्नुपर्ने ठाँउ छाडेको जानकारहरु बताउँछन् ।
यसैबिच यस बिषयमा बुझ्न खोज्दा प्रहरी उपरिक्षक भावेश रिमालले आफु ब्यस्त रहेको भन्दै तल बुझ्न भने । यता चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्रीराम भण्डारीले प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको भन्दै कार र एकजना मान्छे छाडिएको बिषयमा अनुसन्धान आफै गर्नुस भन्ने जवाफ फर्काए । उनले अघि थपे फोनमा के कुरा गर्ने बसेरै कुरा गरौंला भन्दै बिषयलाई सामान्यीकरण गरे ।
उता बैंकका सिईओलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । बुधबारको भण्डाफोर अभियान साप्ताहिकबाट