नेकपा माओवादी केन्द्र भरतपुर २० को अध्यक्षमा सञ्जय भुजेल

भरतपुर/नेकपा माओवादी केन्द्र भरतपुर २० को अध्यक्षमा सञ्जय भुजेल चयन भएका छन् । वडाको दोश्रो अधिवेशनले भुजेलको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा बाबुराम भण्डारी, हिरा नेपाली , सचिवमा विश्वनाथ अधिकारी, सहसचिव–राम कुमार श्रेष्ठ, सञ्जय थापा मगर र कोषाध्यक्षमा कालिका दवाडीलाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।सदस्यहरुमा निर्मल वाग्ले, रिम थापा मगर , दिलिप घिमिरे, महेन्द्रजंग गुरुङ, सीता दवाडी , डम्बरबहादुर भुजेल , अमृता भुजेल , विवा बिक , जीवन परियार भरत अधिकारी पुर्णचन्द्र दवाडी, एकदेव बस्ताकोटी , खिमबहादुर गुरुङ र माधव रेग्मी रहेका छन् ।

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीका अध्यक्ष तथा बागमति प्रदेश सभा सांसद ईश्वर सावकोटा ‘सुमन’को प्रमुख आत्थियता तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान भरतपुर २० का कमान्ड इन्चार्ज प्रताप गुरुङ ‘मौसम’को विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा भरतपुर माहनगर समिति उपाध्यक्ष सुरेन्द्र गुरुङ र महानगर समिति सदस्य तथा भरतपुर २० वाडा कमिटी सह–इन्चार्ज, बालनाथ दवाडीको उपस्थित रहेका थिए ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समापन कार्यक्रमसहित भरतपुर माहनगर २० नम्बर वाडा कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको हो ।
वडा कमिटी अध्यक्ष डिल्लीराम दवाडीको अध्यक्षतामा समापन कार्यक्रम तथा वडाअधिवेशन सम्पन्न भएको हो ।