फर्टिलाइजर कम्पनीमा ग्यास सिलिण्डर पड्किएर कामदारको मृत्यु

चितवन/भरतपुर महानगरपालिका–१५ मा रहेको अविनाश फर्टिलाइजर कम्पनीको हाताभित्र आगलागी हुदा सोमबार एक जनाको मृत्यु भएको छ ।

कम्पनीको क्वाटरभित्र बस्ने कामदारको आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा आगलागी भएर मृत्यु भएको हो । चितवन प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय मनिष थापा रहेका छन् ।

सो फर्टिलाइजर कम्पनी अहिले बन्द रहेको उनले बताए । घटनाको बारेमा चितवन प्रहरीले थप अनुसन्धान गरिरहेको छ