मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

चितवन/चितवनको भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

सोमबार दिउसो भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा पिपलचोकदेखि रामपुरतर्फ गइरहेको बा ०६–००२ प २०७३ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको बा १९ च ३४६४ नम्बरको बोलेरो गाडीले ठक्कर दिँद मोटरसाइकल चालक भरतपुर १२ गोन्द्राङका २१ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज ९मंगलबार० बिहान ३ः२९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । मृतक थापाको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याउने तयारी गरिएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार भरतपुर ९ का नवराज केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बोलेरो र बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।