फिस्लिङ्गमा बोलेरो दुर्घटना: ४ जना घाइते

चितवन/चितवनको फिस्लिङ्गमा बोलेरो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । फिस्लिङ्गबाट हात्तिबाङ्ग चल्ने प्रदेश नं। ०१ च २८११ नम्बरको बालेरो दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।
रोकिराखेको गाडीमा चालक नभएको बेला अपरिचित व्यक्तिले गाडी चलाउन खोज्दा गाडी अनियन्त्रीत भई दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट फिस्लिङ्गका प्रमुख शैलेन्द्र यादवले जानकारी दिए । घाइतेहरुको फिस्लिङ्ग फार्मेसीमा प्राथमिक उपचारपछि थप उपचारको लागि भरतपुर ल्याइएको छ ।