भरतपुरमा विरुवा उखालेर फाल्ने महिला पक्राउ

चितवन/भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिदचोक बेलचोक सडकखण्डको विरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने महिला वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
आज दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।सोमबार राती सवा २ बजे आफ्नै पसल अगाडि रहेको विरुवा उखालेर फालेको सिटी टिभी फुटेजमा देख्न सकिन्छ ।
घर अगाडि रुख ठुलो भई असर पार्ने भन्दै विरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियान अन्तर्गत यो सडकमा विरुवा रोपिएको थियो ।