राष्ट्रपतिको भोज त मान्छे काट्नेलाई उन्मुक्ति दिएको पार्टी रहेछस् रवि लामिछाने

;f+;b nfld5fg]
sf7df8f}F, @% j}zfvM
;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] a}7sdf cfufdL ah]6sf] k|fyldstf;DaGwL 5nkmndf wf/0ff /fVb} ;f+;b /lj nfld5fg] . tl:a/M gjLg kf}8]n÷/f;;

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले संविधान दिवसलाई मौका छोपेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी दिएको भन्दै आपत्ति जनाएका हुन् ।

जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली सदाका लागि बन्द गर्न उनले माग गरे ।

लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले भोज आयोजना गरेको स्मरण गर्दै उक्त भोज हत्यारालाई उन्मुक्ति दिएको पार्टी भएको टिप्पणी गरे ।

त्यस्तै लामिछानले सधैँ घाटामा जाने आयल निगमले कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमप्रति प्रश्न उठाए । लामिछानेले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाए ।